२५ बैशाख, २०८१ मंगलबार

03:59:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मंगलबार सुनको मूल्य ८ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

२९ चैत, २०७८

मंगलबार सुनको मूल्य ८ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौं । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेको हो । 

महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर एक लाख नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको एक लाख एक सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा आठ सय रुपैयाँलले बढेर एक लाख चार सय रुपैयाँमा कारोबार भइरहेको छ  सोमबार तेजाबी सुनको मूल्य तोलाको ९९ हजार छ सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।