३० कार्तिक, २०८१ शुक्रबार

05:44:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

छिमेकी मुलुकमा कोरोनाको बढ्यो, नेपालमा सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

८ बैशाख, २०७९

कोरोनाको पूर्ण मात्रा खोप लगाउने, खोप लगाउन प्रेरित गर्ने र जारी खोप अभियानमा निरन्तर साथ दिने र नलाएकाले नजिकको खोप केन्द्रमा गई खोप लगाउन मन्त्रालयले आग्रह

छिमेकी मुलुकमा कोरोनाको बढ्यो, नेपालमा सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डौं । भारत लगायत छिमेकी मुलुकमा कोरोनाको संक्रमण बढेका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि जोखिम बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

बिहीबार विज्ञप्ती जारी गर्दै स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउन आग्रह गरेको हो । 

कोरोनाको पूर्ण मात्रा खोप लगाउने, खोप लगाउन प्रेरित गर्ने र जारी खोप अभियानमा निरन्तर साथ दिने र नलाएकाले नजिकको खोप केन्द्रमा गई खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । 

‘कोभिड १९ को संक्रमणदर भारत लगायत छिमेकी राष्ट्रहरुमा पछिल्लो केहि दिनमा बढ्दो क्रममा रहेको बर्तमान अवस्थामा संक्रमणको जोखिम कायम नै रहेकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेबार बनी जनस्वास्थ्यको मापदण्डकको पालना गर्न गराउन अनुरोध छ’, विज्ञप्तीमा उल्लेख छ।’