२२ बैशाख, २०८१ शनिबार

12:15:52 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतले रुसबाट पहिलेको भन्दा दोब्बर कच्चा तेल खरिद गर्दा पश्चिमा देशहरुमा चिन्ता बढ्यो

Nepal Business

८ बैशाख, २०७९

भारतले पश्चिममा कारोबार गर्ने युरल्सदेखि पूर्वतर्फको एस्पो कार्गोसम्म सबैबाट तेल खरिद गरिसकेको छ ।

भारतले रुसबाट पहिलेको भन्दा दोब्बर कच्चा तेल खरिद गर्दा पश्चिमा देशहरुमा चिन्ता बढ्यो

एजेन्सी ।  भारतले अमेरिकाबाट चेतावनी आइरहँदा पनि रुससँग कच्चा तेलको खरिदलाई तिव्र बनाइरहेको छ । 

युक्रेनमा झन्डै तीन महिनादेखि युद्ध गरिरहेको रुसमाथि पश्चिमा राष्ट्रहरूले कडा प्रतिबन्ध लगाइरहेका बेला भारतले विगतमा भन्दा दुई गुणा बढी कच्चा तेल खरिद गरेको बताइएको छ । 

यसमा राष्ट्रद्वारा सञ्चालित तेल रिफाइनरहरूले पब्लिक टेन्डरको सट्टा सहुलियतपूर्ण मूल्यमा खरिद गर्न निजी रूपमा सम्झौता अघि बढाइरहेको भारतीय रिफाइनरी अधिकारी तथा व्यापारीहरूले बताएका छन् । भारतले पश्चिममा कारोबार गर्ने युरल्सदेखि पूर्वतर्फको एस्पो कार्गोसम्म सबैबाट तेल खरिद गरिसकेको छ । 

केही समय अगाडि मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको बैठकमा भारतको ऊर्जा आयातमा तालमेल मिलाउन मद्दत गर्ने प्रस्ताव गर्नु भएको थियो । 

पश्चिमा देशहरुले रुसी कच्चा तेलको व्यापारमा सबैतिरबाट बन्देज लगाइदिनुले तेललाई एकदम सस्तो र आकर्षक ‘डिल’ बनाइदिएको छ । यसका कारण पश्चिमा राष्ट्रहरू रुसलाई रोक्न अथक प्रयाश गरेपनि  आफूहरूको प्रायस खेर जाने चिन्तामा परिरहेका छन्।