८ मंसिर, २०८१ शनिबार

01:06:57 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महालक्ष्मी विकास बैंकको बोनस सेयर डिम्याट खातामा

८ बैशाख, २०७९

महालक्ष्मी विकास बैंकको बोनस सेयर डिम्याट खातामा

काठमाण्डौं । महालक्ष्मी विकास बैंकले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । बैंकले २० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो । 

बैंकको फागुन १३ गते सम्पन्न साधारण सभाले वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । हालसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइएको बैंकले जानकारी दिएको छ।

तर हालसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।