८ मंसिर, २०८१ शनिबार
01:11:18 AM
८ बैशाख, २०७९
नेपाल एसविआई बैंक र कामना सेवा विकास बैंकले बोर्डसँग ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन लागि अनुमति माग गरेका
काठमाण्डौं । नेपाल धितोपत्र बोर्डमा दुई बैंक ऋणपत्र निष्काशन अनुमतिका लागि पर्खिरहेका छन् ।
नेपाल एसविआई बैंक र कामना सेवा विकास बैंकले बोर्डसँग ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन लागि अनुमति माग गरेका हुन् ।
नेपाल एसविआई बैंकले ९.२५ प्रतिशत व्याजदरमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निस्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । सो ऋणपत्र निष्कासनका लागि अनुमति पाइसकेपछि बैंकले ५ वर्षका लागि ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री गर्नेछ ।
यो ऋणपत्रको नाम ‘नेपाल एसविआई डिवेन्चर २०७८’ रहेको छ भने ऋणपत्रको निस्कासन तथा बिक्रीको सम्पूर्ण जिम्मा सानिमा क्यापिटलले लिनेछ ।
यस्तै कामना बैंकले पनि १० वर्षका लागि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन लागि अनुमति मागेको छ । बैंकले ९ प्रतिशत ब्याजदरमा १० लाख कित्ता ऋणपत्र निष्काशन लागि माग गरेको हो।
यो ऋणपत्रको नाम ‘केएसविविएल डिवेन्चर २०८८’ रहेको छ । यसको निस्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएलएस क्यापिटल रहेको छ।