२१ बैशाख, २०८१ शुक्रबार

04:21:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आफैंलाई गोली हानेकी सिपाही कोपीला राजवंसीको मृत्यू

Nepal Business

८ बैशाख, २०७९

कपिलवस्तुको शमशेरदल गणमा कार्यरत सिपाही राजवंशीले आफ्नै पेटमा गोली हानेकी थिइन्।

आफैंलाई गोली हानेकी सिपाही कोपीला राजवंसीको मृत्यू

कपिलवस्तु । आफैले आफैलाई गोली हानेकी कपिलवस्तुकी शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको मृत्यु भएको छ।

कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जेसी शाहका अनुसार भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान उनको मृत्यु भएको हो।

कपिलवस्तुको शमशेरदल गणमा कार्यरत सिपाही राजवंशीले आफ्नै पेटमा गोली हानेकी थिइन्।

ड्युटीमा रहेको बेला आफैँले बोकेको एम १६ राइफलले गोली हानेको जनाइएको छ ।

बुधबार साँझ ७ बजेतिर घटना भएको थियो। उनको छाती र पेटमा दुईवटा गोली लागेको बताइएको छ।

के कति कारण उनले आफैंलाई गोली हानिन् भन्ने खुलिसकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको छ।