२७ बैशाख, २०८१ बिहिबार

11:58:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एकलाख ५० हजार राशीको मुख्यमन्त्री कबड्डी प्रतियोगिताको उपाधि सेनालाई

Nepal Business

७ बैशाख, २०७९

बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो ।

एकलाख ५० हजार राशीको मुख्यमन्त्री कबड्डी प्रतियोगिताको उपाधि सेनालाई

सुदुरपश्चिम,
सुदुरपश्चिमको मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ ।

उपाधिसँगै आर्मीले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेता एपिएफले रु ८० हजारमा चित्त बुझाएको छ । 

बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो । 

आर्मीले एपिएफलाई ४०–१६ ले हरायो । कैलाली जिल्ला कबड्डी सङ्घको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेता एपिएफले रु ८० हजारमा चित्त बुझाएको छ । 

सेमिफाइनल पुगेका दुई टोली सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले तेस्रो स्थान प्राप्त गरेका छन् । दुवै टोलीले रु ४०÷४० हजार प्राप्त गरेका छन् ।

सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्द बोहोराको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण गरिएको हो ।