१६ बैशाख, २०८१ आइतबार

01:19:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मुख्यमन्त्री कप राष्ट्रिय भलिबल : विजेताले चार लाख, उपविजेताले दुई लाख पाउने

Nepal Business

५ चैत, २०७८

चैत १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल लु्म्बिनी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मीबीच हुने

मुख्यमन्त्री कप राष्ट्रिय भलिबल : विजेताले  चार लाख, उपविजेताले  दुई लाख पाउने

धनगढी,

धनगढीमा यही सोमवार सुरु हुने ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ को ट्रफी र खेलतालिका शनिबार सार्वजनिक गरिएको छ । आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले ट्रफी र खेल तालिका सार्वजनिक गरेको हो । 

सात प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहने प्रतियोगिताको विजेताले रु चार लाख, उपविजेताले रु दुई लाख, तेस्रोले रु एक लाख र चौथो स्थान प्राप्त गर्नेले रु ५० हजार पुरस्कारसहित ट्रफी र मेडल प्राप्त गर्ने जनाइएको छ ।

परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले चैत १२ गतेसम्म सञ्चालन हुने  प्रतियोगिताको उद्घाटन खेल लु्म्बिनी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मीबीच हुने जानकारी दिनुभयो । 

प्रतियोगिताको तयारी पनि पूरा भएको छ । सात प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहने प्रतियोगिताको विजेताले रु चार लाख, उपविजेताले रु दुई लाख, तेस्रोले रु एक लाख र चौथो स्थान प्राप्त गर्नेले रु ५० हजार पुरस्कारसहित ट्रफी र मेडल प्राप्त गर्ने जनाइएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजार तथा उदयीमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु १० हजारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ लाई रु एक हजार ५००प्रदान गरिने छ । 

नेपालमा भलिवलमा सबैभन्दा बढी खेलाडी सुदूरपश्चिम प्रदेशले नै जन्माएको सदस्य सचिब सिंहले बताउनु भयो ।  तर सुदूरपश्चिममै राष्ट्रिय स्तरको भलिवल प्रतियोगिता लामो समय देखि हुन नसकेको अवस्थामा यसपटक प्रतियोगिता आयोजना गर्न लागिएका हो ।

सुदूरपश्चिमको टिममा सहभागी हुने खेलाडी 

प्रदेश खेलकुद परिषद्ले एक महिनादेखि प्रतियोगितामा सहभागी जनाउने सुदूरपश्चिम प्रदेशको टिमलाई बन्द प्रशिक्षणमा राखेको छ । प्रदेशको भलिबल टोलीको कप्तानको जिम्मेवारी महेश खत्रीले पाउनुभएको छ ।

टिममा डम्मर भट्टराई, सन्तोष महता, प्रशान्त शाहु, निलम सिंह, दिनेश चन्द, सन्तोष खत्री, रोशन चन्द, सुरेन्द्र खड्का, सुरेन्द्र विक, सुरेन्द्र भाट, विशाल भण्डारी, बलदेव धामी र बरुण ठगुन्ना सहभागी हुनुभएको छ ।