२० बैशाख, २०८१ बिहिबार

08:25:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुर्खेत सभाहल बजेट अभावले निर्माण स्थगित

८ पुस, २०७८

प्रदेशकै सबैभन्दा ठूलो र सुविधासम्पन्न सभाहलले किन पाएन बजेट ?

सुर्खेत सभाहल बजेट अभावले निर्माण स्थगित



काठमाण्डौं, पुस ८

सहरी विकास तथा निर्माण विभागले चालू आवमा १ करोड ५० लाख बजेटको अख्तियारी सुर्खेत सभाहललाई पठाएको छ । जसले गर्दा आयोजनालाई दोस्रो चरणको काम अघि बढाउन समस्या परेको हो । 

वीरेन्द्रनगरस्थित निर्माणाधीन सभाहल आयोजनाका लागि पर्याप्त बजेटको व्यवस्थापन नहुँदा निर्माणकार्य प्रभावित हुनपुगेको हो । समानान्तर÷चक्रेश्वरी शिवशक्ति जेभीले रु २३ करोड लागतमा पहिलो चरणमा बहुउद्देश्यीय सभाहल, बैठक कक्ष, शौचालय, पर्खाल निर्माणका साथै खानेपानी र विद्युत् जडान कार्य पूरा गरेको हो । यसमा ८ सय ५० सिट क्षमता भएको ठूलो हल, १ सय ५० सिट क्षमता भएका साना दुई हल छन् । अब ती हलमा फर्निचर व्यवस्थापनको काम बाँकी छ ।

 
सङ्घीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतले साना–ठूला तीनवटा हलको सिट व्यवस्थापनमा कम्तीमा ६ करोड लागत अनुमान गरेको छ । तर अनुमान अनुसार पर्याप्त रकम नहुँदा काम रोकिएको हो । एकाइका आयोजना प्रमुख अमरबहादुर थापाले बजेट अपुग भएका कारण ठेक्का आह्वान गर्न नसकिएको बताउनुभयो । 


आयोजनाका अनुसार सभाहलको निर्माण कार्य आव २०७३÷७४ देखि सुरु गरिएको हो । साढे तीन बिघा क्षेत्रफलमा भूकम्प प्रतिरोधी सभाहलसहित प्रशासनिक भवन, अपाङ्गमैत्री संरचना र करिब ४ सय सवारीसाधन पार्किङ गर्न सकिने सुविधा रहेको छ । कर्णाली प्रदेशकै सबैभन्दा ठूलो र पहिलो सुविधासम्पन्न सभाहल हो ।