२६ जेठ, २०८२ आइतबार
02:47:27 AM
६ बैशाख, २०७९
काठमाण्डौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४.०६ मेगावाटको तल्लो चिरखुवा हाइड्रोलिक परियोजनाको ‘फाइनान्सियल क्लोेजर’ सम्पन्न गरेको छ।
प्रदेश नम्बर १ को सडानन्द नगरपालिका भोजपुरस्थित जलविद्युत परियोजना एल.सि. इनर्जी प्राइभेट लिमिटेडले प्रर्वद्धन गरेको हो।
तल्लो चिरखुवा चिरखुवा हाइड्रोलिक प्रोजेक्टमा सेञ्चुरी बैंकको एकल लगानी रहेको छ ।यस परियोजनामा बैंकको ऋण लगानी ७० प्रतिशत र बाँकी प्रर्वद्धकको लगानी रहेको छ।
यस परियोजनाका प्रर्वद्धकमा दिपक राई, विश्वमोहन श्रेष्ठ, केदारनाथ कार्की, दावाजंग्मु श्रेष्ठ लामा रहनुभएको छ ।
उक्त समूहले ४.७ मेगावाट क्षमताको उपल्लो चिरखुवा हाइड्रोपावर परियोजना निर्माण गरी विद्युत उत्पादन गर्ने क्रममा रहेको बैंकले जानकारी दिएको छ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।