७ मंसिर, २०८१ शुक्रबार

06:36:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेञ्चुरी बैंकको ‘शताब्दी बचत खाता’ संचालनमा

२ बैशाख, २०७९

खातामा १ लाखसम्मको स्वास्थ्य बीमा, १ लाखसम्मको विभिन्न १८ घातक रोगको बीमा र ५ लाखसम्मको दुर्घटना बीमाको व्यवस्था रहेको छ ।

सेञ्चुरी बैंकको ‘शताब्दी बचत खाता’ संचालनमा

काठमाण्डौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्षको शुभ अवसरमा बचतकर्ताहरुको हितलाई ध्यानमा राखेर ‘शताब्दी बचत खाता’ संचालनमा ल्याएको छ ।

शताब्दी बचत खातामा ग्राहकहरुले वार्षिक ८.०३ प्रतिशतको उच्च व्याजदरका साथ–साथै ७ लाख रुपैयाँ सम्मको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सक्नेछन ।

यस खातामा १ लाखसम्मको स्वास्थ्य बीमा, १ लाखसम्मको विभिन्न १८ घातक रोगको बीमा र ५ लाखसम्मको दुर्घटना बीमाको व्यवस्था रहेको छ ।

शताब्दी बचत खाता खोल्दा ग्राहकहरुलाई मोबाइल  बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, भिषा डेबिट कार्ड, लकर सेवा, डिम्याट खाता र मेरो सेयर निःशुल्क प्रदान गरिने छ ।

साथैं शताब्दी खाता खोल्दा ग्राहकहरुलाई बैंकको केन्द्रीय कार्यालयमा प्रिभिलेज काउन्टरको व्यवस्था र शाखाहरुमा विशेष प्राथमिकता साथ सेवा प्रदान गरिनेछ । यो खाता बैंकका शाखाहरुबाट खोल्न सकिनेछ । 

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल  बैंकिङ्ग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।