७ मंसिर, २०८१ शुक्रबार
12:55:17 PM
३० चैत, २०७८
काठमाण्डौं । नेपाल स्टक एक्स्चेन्जमा ‘सिभिल बैंक डिबेन्चर २०८८ ऋणपत्र’ सूचीकृत भएको छ ।
सिभिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेंज लिमिटेड बीचसिभिल बैंक लिमिटेडको १०.२५ प्रतिशत ब्याजदर भएको ‘सिभिल बैंक डिबेन्चर २०८८ ऋणपत्र’को क्रम संख्या १ देखि ३० लाख कित्ता ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नेपाल स्टक एक्स्चेंज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले हस्ताक्षर गर्नुभएको हो ।
उक्त डिबेन्चर लक्ष्मी क्यापिटल मार्केट मार्फत बिक्रि खुल्ला गरिएको थियो र वितरण भएको ३० लाख कित्ता डिबेन्चर आज (बुधबार)बाट नेपाल स्टक एक्स्चेंजमा कारोबार हुँदै छ ।