७ मंसिर, २०८१ शुक्रबार
12:57:32 PM
२९ चैत, २०७८
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ फागुनसम्ममा सूचीकृत ६ अर्ब ६१ करोड सेयरको चुक्ता मूल्य ६५१ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।
काठमाण्डौं । राष्ट्र बैंकले मंगलबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीमा अघिल्लो आर्थिक वर्ष भन्दा यस आर्थिक वर्ष नेप्से बढेको भन्ने उल्लेख गरिएको छ ।
राष्ट्र बैंकको तथ्यांक ठिक भएपनि चैत्र महिनाको २९ गतेसम्म आइपुग्दा नेप्से २३ सयमा झरिसकेको छ । राष्ट्रबैंकका अनुसार २०७७ फागुन मसान्तमा २४५८.५ रहेको नेप्से सूचकाङ्क २०७८ फागुन मसान्तमा २६६८.१ पुगेको छ ।
यो अघिल्लो वर्षको तुलनामा २०९.६ विन्दुले बढेको देखिन्छ । आर्थिक वर्षको ८ महिनामा धितोपत्र बजार पूँजीकरण ३७८२ अर्ब ७९ करोड पुगेको छ ।
आर्थिक वर्षको ८ महिनामा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २ सय २८ पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बजार पुँजीकरण ३३८७ अर्ब ३४ करोड रहेको थियो। आर्थिक वर्षको ८ महिनामा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २ सय २८ पुगेको छ ।
सूचीकृत कम्पनीहरुमध्ये १ सय ४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४७ जल विद्युत कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् ।
२०७७ फागुनमा सूचीकृत कम्पनीहरूको संख्या २१७ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६६ प्रतिशत रहेको छ ।
यस्तै जलविद्युत कम्पनीको हिस्सा १०.६ प्रतिशत, लगानी कम्पनीको ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.३ प्रतिशत रहेको छ ।
यस्तै नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ फागुनसम्ममा सूचीकृत ६ अर्ब ६१ करोड सेयरको चुक्ता मूल्य ६५१ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष २०७८÷७९ को पहिलो आठ महिनासम्ममा ४६ अर्ब १६ करोड बराबरको डिबेन्चर, ३७ अर्ब १६ करोड बराबरको बोनस सेयर, २९ अर्ब ५० करोड बराबरको विकास ऋणपत्र, १७ अर्ब ८३ करोड बराबरको साधारण सेयर, ९ अर्ब १८ करोड बराबरको हकप्रद सेयर र ३ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल १४३ अर्ब ५८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ४ अर्ब ८० करोड बराबरको डिबेन्चर, ३ अर्ब ११ करोड बराबरको हकप्रद सेयर, ३ अर्ब बराबरको म्युचुअल फण्ड र २ अर्ब ८४ करोड बराबरको साधारण सेयर गरी कुल १३ अर्ब ७५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।