२१ बैशाख, २०८१ शुक्रबार

07:23:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

खाने तेलको मूल्य वृद्धि २६ प्रतिशत भन्दा बढी, उपभोक्ता मारमा (पूर्णपाठसहित)

Nepal Business

२९ चैत, २०७८

खाने तेलको मूल्य वृद्धि २६ प्रतिशत भन्दा बढी, उपभोक्ता मारमा  (पूर्णपाठसहित)

काठमाण्डौं । पछिल्लो १ वर्षको अवधिमा खाने तेलमा २६ दशमलव ३४ प्रतिशतले मूल्य वृद्धि भएको छ । 

मंगलबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ तथ्यांक अनुसार २०७८ फागुन महिनाको तुलनामा यस वर्ष तेल र ध्यूको मूल्यमा २६ दशमलव ३४ प्रतिशले वृद्धि भएको तथ्यांक छ ।

यसैगरी दोस्रो मूल्य वृद्धि हुने बस्तुमा तरकारीजन्य वस्तु रहेको छ । तरकारीमा १३ दशमलव ९६ प्रतिशतले मूल्य वृद्धि भएको छ । यसैगरी दुधमा ११ दशमलव ३० प्रतिशतले मूल्य बृद्धि हुँदा अण्डा र दालमा १० दशमलव ३० प्रतिशतले मूल्य वृद्धि भएको छ । 

समग्रमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ७.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ६.८४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । 

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, विविध वस्तु तथा सेवा र शिक्षा उपसमूहको मूल्य वृद्धि क्रमशः १६.२७ प्रतिशत, ९.०१ प्रतिशत र ८.७९ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाण्डौं उपत्यकामा ६.३१ प्रतिशत, तराईमा ७.३६ प्रतिशत, पहाडमा ७.६९ प्रतिशत र हिमालमा ७.५६ प्रतिशत मूल्य वृद्धि भएको छ । 
२०७७ फागुनमा यी क्षेत्रहरुमा क्रमशः २.५० प्रतिशत, ३.२५ प्रतिशत, ३.४० प्रतिशत र १.३१ प्रतिशत मूल्य वृद्धि रहेको थियो ।