७ मंसिर, २०८१ शुक्रबार

09:28:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ग्लोबल आइएमई बैंकद्धारा खोटाङ्गको बुइपामा नयाँ शाखा सञ्चालन

२९ चैत, २०७८

ग्लोबल आइएमई बैंकद्धारा खोटाङ्गको बुइपामा नयाँ शाखा सञ्चालन

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले खोटाङ्गको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा न. १४, बुइपामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो । 

नयाँ शाखारहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएसँगै बैंकका शाखारहित बैंकिङ्ग सेवाको संख्या २७५ पुगेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामिण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । 

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौजदातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिसहोम/सिडिएम/यूटिएल/एनटिसीको महसुल भुक्तानी गर्ने र मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्ने बैंकले जनाएको छ । 

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेका ग्रामिण क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

बैंकले मुलुकभर २८८ शाखा, २७५ शाखारहित बैंकिङ्ग सेवा, २५६ एटीएम, ५१ एक्सटेन्सन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत २८ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।