८ मंसिर, २०८१ शनिबार

12:32:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

Nepal Business

२९ चैत, २०७८

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

आज (मंगलबार) सूर्याेदय लघुवित्त वित्तीय संस्था लिमिटेड र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेप्सेमा बोनस सेयर सूचिकृत भएको हो । 

सूर्याेदय लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको ४ लाख ९६ हजार ८५ दशमलव ८५ कित्ता सेयर सूचिकृत भएको हो ।

यस्तै इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको २७.७० प्रतिशत बोनस बापतको ८ लाख ९९ हजार ९८ दशमलव १२७३ कित्ता सेयर सूचिकृत भएको हो।