७ मंसिर, २०८१ शुक्रबार
08:57:15 AM
२९ चैत, २०७८
काठमाण्डौं । आउदै गरेको नेपाली नयाँ वर्षको पावन अवसरमा विगत लामो समयदेखि अष्ट्रेलियास्थित नेपालीहरु माझ क्रियासिल संस्था प्रवासी नेपाली मञ्च न्यू साउथ वेल्स राज्य कमिटीले यहि अप्रिल २३ गते शनिबारका दिन शुभकामना आदान–प्रदान तथा बारबिक्यु कार्यक्रम गर्ने भएको छ ।
नेपाली संस्कृतिको जगेर्ना र संरक्षण गर्दै विदेशि भुमिमा रहेका नेपालीहरुबीच भाइचाराको सबन्ध विकास गर्ने उदेश्य सहित आयोजना गर्न लागिएको उक्त कार्याक्रममा अध्ययन एवं रोजगारीको सिलसिलामा अष्ट्रेलियामा रहँदै आएका नेपालीबीच सुमधुर सम्बन्ध स्थापित गर्न तथा स्थानीय राजनीतिमा समेत नेपालीहरुको प्रभावलाई शसक्त बनाउने लक्ष्य समेत रहेको आयोजकले जानकारी दिएको हो ।
यसैबीच आयोजक संस्था प्रवासी नेपाली मञ्च न्यू साउथ वेल्स राज्य कमिटी अध्यक्ष कृष्ण सापकोटाका अनुसार नयाँ वर्ष आफैँमा एउटा नौँलो बिहानी र नयाँ अवसर भएकाले शुभकामनाले न्यू साउथ वेल्स बस्ने नेपाली दाजुभाइ तथा दिदिबहिनीबीच आपसी चिनजान हुनुका साथै परदेशमा रहँदाको समस्यालाई सामुहिक रुपमा सुल्झाँउन सकिने बताउनुभयो ।
उहाँले विगतमा जस्तै बाक्लो उपस्थितिको लागि सम्पुर्ण अष्ट्रेलियाबासी नेपालीहरुलाई अपिल गर्नुभएको छ।
लामो समय राजनितिक एमं सामाजिक जीवन व्यतित गरेका प्रभावशाली व्यक्तित्व प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेका अनुसार परदेशमा हुने यस्ता कार्यक्रमले नेपाली जहाँ भएपनि जस्तो अवस्थामा भएपनि मातृभूमिको परम्परा र संस्कृति जगेर्ना गर्ने सवालमा सदैव एकतावद्द भएको सन्देश दिने हुँदा सम्पुर्ण सरोकारवाला निकाय एवम संस्थालाई कार्यक्रमको निरन्तरताको निम्ति प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेपाली समुदायका सदस्यहरुबाट नयाँ सोच र व्यवसाय समेत बढ्दो रुपमा भएकाले त्यसको समेत प्रचार र एक आपसमा नजिकिने माध्यम समेत हुने बताउनुभयो।
यसै सन्दर्भमा बारबिक्यु कार्यक्रम मनोरञनको केन्द्रमात्र नभई प्रवासमा हुर्किदै गरेको नँया पुस्तालाई नेपाली परम्परा र संस्कृतिको बारेमा जानकारीको निम्ति सुवर्ण अवसर हुने विषय प्रवासी नेपाली मञ्च अष्ट्रेलिया कमिटीका अध्यक्ष केशब जोशीले बताउनुभयो ।
प्रवासी नेपाली मंच न्यू साउथ वेल्स राज्य कमिटिले सिड्नीको अबर्न स्थित, अबर्न पार्कमा दिउँसो १ बजेदेखि बेलुका ५ बजे कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ ।
कार्यक्रमको मल्टी ड़ाइनामिक रियल स्टेट, टिलीचो कन्सलटिंग ग्रुप, ओली एंड एसोसीएट्स, वुईस रियल स्टेट र अजी फाइनान्स एंड होम लोन प्रायोजन रहेका छन् ।