८ मंसिर, २०८१ शनिबार
12:35:06 AM
२९ चैत, २०७८
काठमाण्डौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापकतर्फको १४ लाख २५ हजार ६६८ कित्ता सेयर बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकको एकीकृत निर्देशन नं १०/२०७८ को बुँदा १४ (ख) अनुसार संस्थापक समूहतर्फको सेयर बिक्री गर्दा पहिलो प्राथमिकता कायम संस्थापक सेयरधनीहरुलाई नै दिनुपर्ने हुन्छ।
इच्छुक संस्थापक सेयरधनीहरुलाई बैंकले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागज प्रमाणसहित किन्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई लिखित निवेदन पेस गर्न अनुरोध गरेको छ।
तोकिएको अवधिमा पर्याप्त आवेदन नपरे इच्छुक गैरसंस्थापक लगानीकर्तालाई सो संस्थापक समूहतर्फको सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।