१७ बैशाख, २०८१ सोमबार

12:59:28 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यूनिग्लोव कलेजको एम.वि.ए. ग्राजुएसन कार्यक्रम सम्पन्न

Nepal Business

२८ चैत, २०७८

कलेजस्तरको शिक्षा हासिल गरिसकेपछि विद्यार्थीमा काम गर्न सक्ने क्षमताका विकास हुनुपर्ने भन्दै उहाँले व्यवस्थापन विषयको सम्भावना अझै बढेर गएको बताउनुभयो

यूनिग्लोव कलेजको एम.वि.ए. ग्राजुएसन कार्यक्रम सम्पन्न

काठमाण्डौ । व्यवस्थापन विषयको एक अब्बल कलेजका रुपमा स्थापित यूनिग्लोव कलेजको एम.वि.ए. पुरा गरेका विद्यार्थीहरुको ग्राजुएसन कार्यक्रम सम्पन्न भएको छ । 

सोमबार एक कार्यक्रमकाबीच काठमाण्डौमा कलेजले आफ्ना १ सय ६४ विद्यार्थीहरुको ग्राजुएसन कार्यक्रम सम्पन्न गरेको हो । यूनिग्लोव कलेजमा एम.वि.ए. फाइनान्स १८ औं र १९ औं र एम.वि.ए. को ५ औं र ६ औं व्यजका विद्यार्थीहरुको ग्राजुएसन सम्पन्न गरेको कलेजले जनाएको छ । 

पोखरा विश्वविद्यालयको सम्वन्धन प्राप्त यूनिग्लोव कलेजमा कक्षा ११ देखी मास्टर्स डिग्री सम्मको पठन पाठन हुँदै आएको छ । 

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका सिईयो किरण कुमार श्रेष्ठले शिक्षा जीवनसंग जोडिनुपर्ने बताउनुभयो । उहाँले कलेजस्तरको शिक्षा हासिल गरिसकेपछि विद्यार्थीमा काम गर्न सक्ने क्षमताका विकास हुनुपर्ने भन्दै उहाँले व्यवस्थापन विषयको सम्भावना अझै बढेर गएको बताउनुभयो । 

देश तथा विदेशमा व्यवस्थापनमा दख्खल भएको जनशक्तिको अभाव अहिलेपनि रहेको भन्दै सिईयो श्रेष्ठले विद्यार्थीहरुलाई पढाई र गराईमा अब्बल हुनसके अवसरको कुनै कमी नरहने बताउनुभयो । 
अवसरका लागि ज्ञान संगसंगै सिप चाहिन्छ सिईयो श्रेष्ठले भन्नुभयो, अवको समय तपाईहरुको हो । 

सिइयो श्रेष्ठले विद्यार्थीहरुलाई सिप, क्षमता र दक्षतायुक्त बनाउन यूनिग्लोव कलेजले गरेको काम प्रशंसनिय रहेको समेत बताउनुभयो । 

कार्यक्रममा बोल्नुहुँदै कलेजका प्रिन्सिपल डा. नर बहादुर विष्टले व्यवस्थापन विषयमा देशकै एक अग्रणी संस्थाका रुपमा स्थापित हुँदै अगाडि बडेको यूनिग्लोव कलेजलाई आगामी दिनमा थप व्यवस्थित र गुणात्मक सुधार गर्दै जाने बताउनुभयो । 

उहाँले शिक्षालाई व्यवहारमा आधारीत बनाउन आफुहरुले सक्दो प्रयास गरेको बताउनुभयो । शिक्षा सिपसंग जोडिनु पर्नेमा जोड दिँदै उहाँले यूनिग्लोवले जीवन उपयोगी शिक्षा पद्धतीलाई जोड दिएको बताउनुभयो ।

कार्यक्रममा कलेजका व्यवस्थापक,  शिक्षक, विद्यार्थी, अभिभावक लगाएतको उपस्थिती रहेको थियो ।