१९ मंसिर, २०८१ बुधबार
02:23:01 PM
२८ चैत, २०७८
सिड्नी । रुपन्देही समाजिक सञ्जाल अष्ट्रेलियाको आयोजनामा नयाँ वर्ष २०७९ को अवसरमा विभिन्न रचनात्मक कार्यक्रम सम्पन्न भएको छ ।
रुपन्देहीबाट अष्ट्रेलियामा रही विभिन्न पेशा व्यवसायमा आवद्ध रहेका नेपाली, विभिन्न सामाजिक संघ संस्थाका अगुवा, पत्रकार, सामाजिक अभियन्ता लगाएतको उपस्थितीमा भएको कार्यक्रममा अष्ट्रेलियाका वहुसाँस्कृतिक तथा जेष्ठ नागरिक मन्त्री मार्क जोसेफ कोरले नेपाली क्यालेण्डर २०७९ विमोचन गर्नुभएको थियो ।
सञ्जालले ६ वर्ष देखी निरन्तर सामाजिक, परोपकारी, शिक्षा, स्वास्थ्य, महामारीबाट प्रभावित समुदाय एंव वालवालिकाहरुका लागि गरेको कार्यको मन्त्री कोरले प्रसंशा गर्नुभयो ।
रुपन्देही सामाजिक सञ्जालले ६ वर्ष देखी निरन्तर सामाजिक, परोपकारी, शिक्षा, स्वास्थ्य, महामारीबाट प्रभावित समुदाय एंव वालवालिकाहरुका लागि गरेको कार्यको मन्त्री कोरले प्रसंशा गर्नुभयो । उहाँले आफुहरुपनि सामाजिक काममा सञ्जालसंग मिलेर काम गर्न चाहेको बताउनुभयो ।
कार्यक्रममा सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेलले प्रमुख अतिथी कोरलाई नेपाली टोपी र खादाले स्वागत गर्नुभएको थियो । कार्यक्रम सञ्जालका महासचिव रञ्जिता भण्डारीले गर्नुभएको थियो भने उपाध्यक्ष एंव कार्यक्रम संयोजक दिवाकर काफ्लेले स्वागत गर्नुभएको थियो ।
नयाँ वर्षको कार्यक्रममा एन आर एन ए का राष्ट्रिय उपाध्यक्ष धर्मराज अधिकारी, फेन्काका महासचिव डा. मधुसुदन पुडासैनि, एन आर एन ए अष्ट्रेलियाका संस्थापक अध्यक्ष एवं पूर्व राष्ट्रिय उपाध्यक्ष मना केसी ओएनएफका अन्तराष्ट्रिय सचिव रमेश पाण्डे, लिभरल नेपाली कम्यूनिटिका उम्मेद्धवार एंव सामाजिक अभियन्ता विनोद पौडेल, अनेसास अष्ट्रेलियाका अध्यक्ष ममता तिवारी, पेन्सस कम्यूनिटि एंव सञ्जालका सल्लाहकार डा. प्रकाश पौडेल लगाएतले नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको थियो ।
यसैगरी कार्यक्रममा एनआरएन ए स्वीकृती भट्ट, ओएनउफ अध्यक्ष केशव जोशि, वरिष्ठ समाज सेवी नारायण प्रधानत, झापाली समाजका अध्यक्ष निराजन प्रसाई, साउथ वेष्ठ नेपाली कम्यूनिटिका अध्यष सुदिप ढकाल, गुल्मी समाजका अध्यक्ष कमला वस्नेत, सुदूरपश्चिम समाजका अध्यक्ष तोरम अवस्थी, प्रवासी यूवा मञ्च अष्ट्रेलियाका अध्यक्ष, अरुण गौतम, द नेपाली टाईम्स अष्ट्रेलियाका निर्देशक मेहन्द्र लम्साल, एन वि डि ए का महासचिव प्रकाश लामिछाने, पोखरा समाजका महासचिव प्रकाश सुवेदी, नवलपुर समाजका अध्यक्ष खेमराज पंगेनी, अभिभावक संघका अध्यक्ष राम अधिकारी, मल्टि डाइनमिकका मेनेजिङ डाइरेक्टर विजय पहल, ल्याण्ड लिज का निर्देशक अशोक थपलिया, जुनो होम लोन्सका निर्देशक विनोद प्रसाद मौनाली, भिजन फर मोटिभेसनका अध्यक्ष महेश प्रर्साई, विश्व पाटिका पत्रकार अनिल खड्का, एभरेष्ट टिभिका अष्ट्रेलियाका नविन गौतम, नेपाल न्यूज अष्ट्रेलियाका माधव गैरे, पत्रकार महासंघका अध्यक्ष रिषि आचार्य, संस्थाका संरक्षक राज खनाल, पूर्व अध्यक्ष कृष्ण गैरे, इश्वर अविरल पोख्रेल, सल्लाहकार एंव कार्यसमितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम सफल पार्न विज वक्सका निर्देशक होमनाथ उपाध्याय, पोपर्टि पल्सका निर्देशक प्रमोद कार्कीले सहयोग प्रदान गर्नुभएको थियो । कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुती समेत राखिएको थियो । शेरया पौडेल, प्रदिप खनाल र एडिसा न्यौपानेले विभिन्न साँगीतिक प्रस्तुतीहरु राख्नुभएको थियो ।