७ मंसिर, २०८१ शुक्रबार
01:14:07 AM
२८ चैत, २०७८
१५१ सदस्यीय नयाँ कार्यसमितिमा ५ प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ।
काठमाडौं । नेकपा एमाले निकट जनवर्गीय संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघमा डा. झलक शर्मा गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्ने सहमति भएको छ ।
संघको अध्यक्षमा डा गौतम र महासचिवमा डा सन्तोष पौडेल बन्ने सहमति भएको हो । डा झलक स्वास्थ्य सेवा विभाग अन्तर्गको खोप शाखामा कार्यरत हुनुहुन्छ भने डा सन्तोष ट्रमा सेन्टरमा कार्यरत हुनुहुन्छ ।
डा झलकको अध्यक्षतामा १५१ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ। शुक्रबार र शनिबार भएको छलफलका आधारमा अन्य पदाधिकारी र सदस्यहरु समेत सहमतिमा टुङगो लगाउने बताइएको छ।
सहमति अनुसार चार उपाध्यक्षमा रामहरि ढकाल, शारदा खनाल, जगत नेपाली र भिमराज सिंह रहने जनाइएको छ । १७ सदस्यीय पदाधिकारी रहने गरि सबै पद मा सहमति भएको जनाएको छ ।
८ सदस्यीय सचिव पदमा प्रदेश नं १ बाट रामचन्द्र मिश्र, मधेश प्रदेशबाट डा धर्मेन्द्र यादव, बागमती प्रदेशबाट नारायण पौडेल, गण्डकी प्रदेशबाट लक्ष्मण बसौला, लुम्बिनीबाट खगराज पोखरेल, कर्णालीबाट सुशील शाही, सुदुरपश्चिमबाट सिद्धप्रसाद ढुंगाना र उपत्यका प्रदेशबाट रुपा केसीको नाममा सहमति भएको छ।
यस्तै निवर्तमान अध्यक्ष रामबहादुर चन्दलाई सल्लाहाकार समितिको अध्यक्ष बनाइएको छ। १५१ सदस्यीय नयाँ कार्यसमितिमा ५ प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ।