२३ बैशाख, २०८१ आइतबार

07:18:12 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पहुँचवालाको भनसुनका आधारमा योजना तथा बजेट हाल्न नसकिने

२६ चैत, २०७८

जुम्लामा शनिबार आयोजित मुख्यमन्त्री रोजगार कार्यक्रम विषयक अन्तक्र्रियामा मुख्यमन्त्री शाहीले अतिविपन्न नागरिकलाई प्रत्यक्ष लाभ हुने गरी कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

पहुँचवालाको भनसुनका आधारमा योजना तथा बजेट हाल्न नसकिने

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुख्यमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित र पारदर्शी बनाउँदै लैजाने बताउनुभएको छ । 

उहाँले नेता, कार्यकर्ता र पहुँचवालाको भनसुनका आधारमा योजना तथा बजेट हाल्न नसकिने स्पष्ट पार्नुभयो । 

उहाँले नेता, कार्यकर्ता र पहुँचवालाको भनसुनका आधारमा योजना तथा बजेट हाल्न नसकिने स्पष्ट पार्नुभयो । 

जुम्लामा शनिबार आयोजित मुख्यमन्त्री रोजगार कार्यक्रम विषयक अन्तक्र्रियामा मुख्यमन्त्री शाहीले अतिविपन्न नागरिकलाई प्रत्यक्ष लाभ हुने गरी कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा तहले निर्णय गरेर पाँचवटा योजना गाउँपालिकामा पठाउने, गाउँपालिकाले निर्वाचित प्रदेशसभा सदस्य संयोजकत्वको समितिमा जस्ताको तस्तै वडाका योजना पठाउनुपर्छ । 
अनि मात्रै समितिले पाँचमध्ये छानेर तीन योजना मुख्यमन्त्री कार्यालयमा पठाउने छ । मुख्यमन्त्री शाहीले विधि र प्रक्रिया नजान्दा मुख्यमन्त्री रोजगार कार्यक्रमको रकमले खासै परिवर्तन ल्याउन नसकेको बताउनुभयो ।

मुख्यमन्त्री रोजगार कार्यक्रमको करोडौँ रकम जिल्लामा आउने भए पनि गाउँमा कुनै काम हुनसकेको छैन । मुख्यमन्त्री शाहीले भन्नुभयो, “अनलाइन दर्तादेखि हरेक विधि अपनाउँदा पनि मुख्यमन्त्री रोजगार कार्यक्रम प्रभावकारी हुन सकेन । 

अब कार्यक्रमबाट तर्जुमा भएका योजना बजेटमा प्रकाशित गरेर रातो किताबमा समेत समेटिने गरी तयारी भइरहेको छ । 

कार्यक्रम आफूले ल्याएको भन्ने र आफ्नै मान्छे उपभोक्ता समितिमा राख्ने कार्यले काम नतिजामुखी हुनसकेको छैन । यहाँका अतिविपन्न नागरिक मर्कामा परेका छन् । अब त्यसो हुन दिने छैनौँ ।”