१६ बैशाख, २०८१ आइतबार

09:52:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालमा हुण्डाइका ४० चार्जिङ स्टेशन, आवश्यकता अनुसार बढाउदै लैजाने

Nepal Business

२६ चैत, २०७८

 नेपालमा हुण्डाइका ४० चार्जिङ स्टेशन, आवश्यकता अनुसार बढाउदै लैजाने

काठमाण्डौं । नेपालको लागि हुण्डाइको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिद्वारा थापाथलीमा रहेको हुण्डाइको अत्याधुनिक विद्युतीय सोरुममा मिडिया भेला गरेको छ ।

उक्त कार्यक्रममा कम्पनीले हाल ४० चार्जिङ स्टेसनहरु रहेको र यसलाई आवश्यकताअनुसार बढाउँदै लैजाने जानकारी दिएको हो । यसबाट हुण्डाइले वर्षौंदेखि सिर्जना गरेको ब्राण्ड इक्विटीलाई बढाउन मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ। 

हुण्डाइले नेपालमा विद्युतीय गाडीको पूर्वाधारमा आक्रामक लगानी गर्ने योजना रहेको बताएको छ। कार्यक्रममा डेडिकेटेड सोरुम, दिगो सञ्चालन र विद्युतीय गाडीको पुर्जाहरुको बारेमा जानकारी दिइएको थियो । 

उक्त अवसरमा सोही सोरुमबाट पाटनको औद्योगिक क्षेत्रमा रहेको हुण्डाइ तालिम केन्द्रमा लगी विभिन्न प्रस्तुतिमार्फत हुण्डाइ विद्युतीय गाडीको पूर्वाधार र सञ्चालनसम्बन्धी विभिन्न जानकारी गराइएको छ।

कार्यक्रमको मुख्य उद्देश्य हुण्डाइ विद्युतीय गाडीप्रति चाहना राख्ने र सम्भावित खरिदकर्ताहरुका माझ हुण्डाइ नेपालले सस्टनेबल मोबिलिटी र विद्युतीय गाडीका क्षेत्रमा गरेको प्रतिबद्धताहरु र पहलबारे जागरुकता सिर्जना गर्नु रहेको कम्पनीले जनाएको छ।