१० मंसिर, २०८१ सोमबार

03:57:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनसीसी बैंक र दराजबीच छुट सम्बन्धी सम्झौता

Nepal Business

२६ चैत, २०७८

एनसीसी बैंक र दराजबीच छुट सम्बन्धी सम्झौता

काठमाण्डौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) र दराज अनलाइन सपिङबीच छुट सम्बन्धी सम्झौता भएको छ ।

नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायब महा–प्रबन्धक मुकुन्द सुवेदी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गर्नुभएको हो । 

बैंकका ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५५ सम्म छुट प्राप्त गर्न सक्नेछन्।

बैंकको कार्ड प्रयोगकर्ताले डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १०५ वा १,००० सम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५५ वा रु १,५०० सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । 

उक्त छुट प्राप्त गर्न ग्राहकले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्छ। यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकलाई नयाँवर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु रहेको छ।

देशभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएममार्फत ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ।