७ मंसिर, २०८१ शुक्रबार

06:49:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरण

Nepal Business

२६ चैत, २०७८

महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरण

काठमाण्डौं । महालक्ष्मी विकास बैंकको परासी शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका– ५ सुनवल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ।

बैंकका सञ्चालक राहुल अग्रवाल र पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले शुक्रबार आयोजित एक विशेष कार्यक्रमकाबीच शाखाको संयुक्त रुपमा समुद्घाटन गर्नुभएको हो ।

बैँकका वरिष्ठ प्रमुख कार्यकारी अधिकृत दीपेश लम्सालले समारोहमा बैंकले गर्दै आएको विभिन्न गतिविधिबारे प्रकाश पारेका थिए। उनले बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा कर्पोरेट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकको छ । 

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक कृष्णबहादुर गुरुङले बताउनुभयो । 

बैंकले प्रदेश नं १ मा ५, मधेस प्रदेशमा १५, बाग्मतीमा ३७, गण्डकीमा ९, लुम्बिनीमा १८, कर्णालीमा २ र सुदूरपश्चिममा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवा सरलीकृत तवरले प्रदान गर्दै आएको छ।