१० मंसिर, २०८१ सोमबार
04:06:05 AM
२५ चैत, २०७८
काठमाण्डौं– मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले आफ्नो कार्यकाल सकिनु अगावै राजिनामा दिनुभएको हो ।
२०७४ चैत ३० मा उहाँ बैंकको प्रमुख कार्यकारी हुनुभएको थियो । आउँदो २९ गते उहाँको कार्यकाल सकिँदै थियो। त्यसअघि नै उहाँले राजीनामा दिनुभएको हो ।
उहाँले राजिनामा दिए पनि अझै स्वीकृत नभएको बैंकले जनाएको छ । सिईओ खुञ्जेलीले चार वर्षसम्म सिईओको जिम्मेवारी निभाउनुभयो । उहाँ नेपाली बैंकहरुकै पहिलो महिला सीईओ हुनुहुन्थ्यो ।
उहाँले यसअघि तत्कालिन ग्रिण्डलेज हुँदै स्ट्यान्डर्ड चार्टर्ड र नबिल बैंकमा पनि काम गर्नुभएको थियो ।