१ मंसिर, २०८१ शनिबार

02:01:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको नयाँ कमिटि सर्वसम्मत चयन

Nepal Business

२४ चैत, २०७८

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको नयाँ कमिटि सर्वसम्मत चयन

काठमाण्डौं– नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको ‘दोस्रो राष्ट्रिय महाधिवेशन’ बिहीबार सम्पन्न भएको छ । ‘दोस्रो राष्ट्रिय महाधिवेशन’बाट महासंघको अध्यक्षमा एल.पी. साँवा लिम्बु सर्वसम्मत चयन हुनु भएको हो । 

काठमाण्डौंको प्रज्ञा भवनमा भएको दोस्रो महाधिवेशनबाट अध्यक्षसँगै अन्य पदाधिकारी पनि सर्वसम्मत चयन हुनुभएको महासंघले जानकारी दिएको हो।

सर्वसम्मत चयन हुनेमा उपाध्यक्षतर्फ चेतनारायण पाण्डे, बाकृष्ण शिवाकोटी, डेकनाथ गौतम, डा.तिलचन्द्र भटटराई, डि.बि बस्नेत र सुर्यबहादुर थापा हुनुहुन्छ । 

यस्तै लेखा कमिटि संयोजक प्रकाश पौडेल, अनुशासन कमिटि संयोजक खोपनिधि लोहनी, निर्वाचन कमिटि संयोजक निरज राई, महासचिव भागिरथ सापकोटा, उपमहासचिव मिनबहादुर तामाङ र सुवर्ण श्रेष्ठ, कोषध्यक्षमा मोहनकुमार डाँगी, सचिवमा बालाराम भट्टराई र मोतिराज ज्ञवाली, केदार बहादुर बस्नेत, रघुनाथ पुरी र खडकबहादुर खत्री हुनुहुन्छ।

महासंघका नयाँ नेतृत्वले पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा निर्वाचन आयोगले शपथ ग्रहण दिलाएको महासंघले जनाएको छ । महासंघको नयाँ कमिटि १६ बुँदे घोषणासहित पहिलो बैठक पनि बसेको  हो ।