६ जेठ, २०८१ आइतबार

05:39:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्थापना दिवसलाई आर्थिक मुद्धासंग जोडेर निर्वाचन केन्द्रीत भएका छौं : महासचिव सापकोटा

Nepal Business

२१ बैशाख, २०७९

वैशाख २४ गते नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको स्थापना दिवस देशभर विविध कार्यक्रमको आयोजना गरिने

स्थापना दिवसलाई आर्थिक मुद्धासंग जोडेर निर्वाचन केन्द्रीत भएका छौं : महासचिव सापकोटा

काठमाण्डौ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका महासचिव भागिरथ सापकोटाले महासंघको स्थापना दिवसलाई आर्थिक मुद्धासंग जोड्ने बताउनुभएको छ । 

नेपाल विजनेशसंगको कुराकानीमा महासचिव सापकोटाले अहिले स्थानीय तहको निर्वाचनको माहोल चलिरहेको समयमा महासंघले आफ्नो स्थापना दिवसलाई निर्वाचन केन्द्रित गरेको समेत बताउनुभयो । 

नेकपा एमालेको जनवर्गाीय संगठनको रुपमा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ २०६९ साल बैशाख २४ गते स्थापना भएको हो । महासंघले निजि क्षेत्रमा भएका विभिन्न समस्याहरुलाई उजागर गर्दै मुलुकलाई अगाडि बढाउने विषयमा काम गर्दै आएको महासचिव सापकोटाले बताउनुभयो ।

सापकोटासंग स्थापना दिवस र आसन्न स्थानीय तह निर्वाचनका बारेमा नेपाल विजनेशले गरेको कुराकानीको संपादीत अंश प्रस्तुत गरिएको छ । 

  • २४ गतेको स्थापना दिवसलाई यहाहरुले कसरी मनाउँदै हुनुहुन्छ ? के छ तयारी ?

हामीले २४ गतेको स्थापना दिवसलाई केन्द्रमा हाम्रो संगठनका नेताहरुको उपस्थितीमा कार्यक्रम गरेर मनाउँदै छौं ।

यसैगरी अहिले स्थानीय तहको निर्वाचन अत्यन्तै नजिक आईसकेकोले हामीले विभिन्न प्रदेशहरुमा, जिल्लाहरुमा, महानगरपालिका, नगरपालिकामा कार्यक्षेत्र विभाजन गरेर सबैलाई कार्यक्रम गर्न अनुरोध गरेका छौं ।

हाम्रो संगठनका अध्यक्ष एलपी सावा लिम्बु सहित पदाधिकारी, सदस्य र सुभेच्छुकहरुको सहभागितामा हामीले २४ गते स्थानीयत तह निर्वाचनको प्रचार प्रसारलाई सहयोग पुग्ने गरी हाम्रा कार्यक्रमहरु तय गरेका छौं ।

हामीले आफ्नो–आफ्नो क्षेत्रमा तोकिएका संयोजकको नेतृत्वमा एमालेका जनप्रतिनिधिहरुलाई जिताउनको निम्ती विशेष सहयोग पुग्ने कार्यक्रम गर्दैछौं । 

काठमाण्डौमा उपलब्ध नेता तथा र्कायकर्ता अथवा व्यवसायी साथीहरु नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको केन्द्रिय कार्यालयमा बैशाख २४ गते विहान उपस्थित हुनेछौँ ।

हामीले स्थापना दिवसलाई  महानगर तथा नगरपालिकामा नेकपा एमालेका जनप्रतिनिधिहरु हुनुहुन्छ उहाँहरुलाई विजयी गराउनको निम्ती एउटा उद्घोष गर्दै हाम्रो स्थापना दिवसलाई मनाउने योजना बनाएका छौँ ।

  • स्थानीय तहको निर्वाचमा यहाँहरुले राजनीतिक दलहरुलाई कस्तो आर्थिक मुद्धा उठान गर्ने सुझाव दिनुभएको छ ?

आर्थिक एजेण्डाहरुलाई राजनीतिक पार्टीका घोषणा पत्रहरुमा समेट्दै कार्यन्वयनमा कसरी लैजान सकिन्छ भन्ने विषयमा हाम्रो मुख्य ध्यान रहन्छ ।

राजनीतिक पार्टी र मुलुकलाई कसरी अगाडि लैजान सक्छौँ भन्नको निम्ती, समाजमा रोजगार सृजना गर्नको निम्ती र साँच्चै यो देशमा रोजगारी मात्र होइन अब पूँजीको विकास कसरी गर्न सकिन्छ र मलुकलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा पनि हामीले राजनीतिक दलहरुलाई सुझाव दिएका छौं ।

मुख्य कुरा समृद्ध नेपाल सुखी नेपालीको अभियानमा निजि क्षेत्रले योगदान गर्न सक्छ भन्ने कुरामा योजनाबद्ध किसिमले उद्योगी तथा व्यवसायीहरुलाई संगठित बनाएर अगाडि लैजान पर्छ भन्ने मान्यताबाट हामीले यो संगठन स्थापना गरेका हौँ । 

महासंघले उद्योगी तथा व्यवसायीहरुको हकहित र अधिकारको संरक्षणको पक्षमा काम गर्छ भने अर्कोतर्फ सिंगो मुलुकलाई समृद्ध नेपाल बनाउनको निम्ती उद्योगी तथा व्यवसायीहरुको अबको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा वहस र पैरवी गर्दै आएको छ । 

अब साँच्चै समग्र मुलुकमा बसेका नागरिकहरुलाई हामीले कसरी राम्रो बस्तु उत्पादन गर्न सक्छौँ, राम्रो बस्तुहरु डेलिभरि गर्दछौँ, राम्रो सेवाहरु डेलिभरि गर्न सक्छौँ, यसमा व्यक्तिगत रुपमा रहेका उद्योगी व्यवसायीहरुमा भएका कमि कमजोरीहरुलाई पनि कसरी यो संगठनको तर्फबाट को–अर्डिनेट गरेर त्यसलाई अझ बढि परिस्कृत र राम्रो बनाउन सक्छौँ भन्ने उदेश्यका साथ यो संगठन अगाडि बढाइरहेका छौँ । 

यसै विषयलाई ध्यानमा राख्दै हामी नेकपा एमाले निकट उम्मेद्वारहरुलाई विजयी बनाउने अभियानमा पनि लागेका छौं । 

विभिन्न उतारचडावहरुमा हामीले अझ बढि व्यवसायीहरुलाई संगठित गर्ने तिनलाई प्रशिक्षित गर्ने र व्यावसायीहरुलाई व्यवसायीकरणमा बढि ध्यान दिने र समाजप्रति उत्तरदायित्वको भावनालाई जागृत गर्ने किसिमले संगठनलाई अगाडि बढाइरहेका छौँ । 

अहिलेको सन्दर्भमा हामीले के सोचिराखेका छौँ भने यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा विभिन्न राजनीतिक पार्टीहरु अगाडि आएका छन र हामी उद्योगी तथा व्यवसायीहरुले के सोच्दै छौँ भने समग्रमा अब यो मुलुकलाई अगाडि लैजानको निम्ती स्थानिय सरकारमा कस्ता खालका जनप्रतिनिधिहरुको उपस्थिति हुनुपर्छ र स्थानिय सरकार कसरी बलियो हुनुपर्छ भन्ने कुरामा हाम्रो ध्यान केन्द्रीत छ । 

हामीसँग १ लाखको संख्यामा सदस्यहरु हुनुहन्छ र विभिन्न जिल्लामा छरिएर जिल्लामा काम गरिराख्नु भएको छ । आफ्ना–आफ्ना पेशाहरुमा काम गरिराख्नु भएको छ ।

त्यतिमात्र होइन विभिन्न प्रकृतिका संगठनहरु बनाएर, हामीले १० वटा वस्तुगत संगठनहरु बनाएर काम गरेका छौँ । त्यसमा संगठित भएर वस्नुभएका साथीहरु हुनुहुन्छ ति सम्पूर्ण साथीहरुलाई हामी के भन्छौँ भने अब हाम्रो काँधका समृद्ध नेपाल सुखि नेपाली बनाउनको निम्ती, उद्योगी व्यवसायीहरुका एजेण्डाहरु अगाडि लैजानको निम्ती, सम्पूर्ण उद्योगीहरुलाई उद्योगिको रुपमा स्थापित गर्नको निम्ती एउटा अवसर आएको छ ।

यो अवसलाई उपयोग गर्दै व्यवसायीको हक, हित र उन्नती प्रगतिका लागि काम गर्ने प्रतिििनधि छनौट गर्नुपर्ने छ । त्यसका लागि सबै उद्योग व्यवसायीसाथीहरुले विवेक पु¥याउनुहुनेछ भन्ने हाम्रो विश्वास रहेको छ ।

फेरीपनि अन्त्यमा जो जहाँ छौं त्यहीबाट हामीले बैशाख २४ गते हाम्रो स्थापना दिवसलाई भव्यताका साथ मनाउन म सबैलाई अनुरोध गर्न चाहन्छु ।