६ जेठ, २०८१ आइतबार

07:28:02 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमाले निकट राष्ट्रिय उद्योग व्यवसाय महासंघले स्थानीय तह निर्वाचन केन्द्रीत गर्दै मनायो स्थापना दिवस

Nepal Business

२४ बैशाख, २०७९

स्थानीय तहमा स्थायीत्व र शान्ति स्थापनाका लागि एमालेका उम्मेद्धवारलाई विजयी गराउने अभियानमा लाग्न समेत सम्वद्ध उद्योगी व्यवसायीहरुलाई अनुरोध

एमाले निकट राष्ट्रिय उद्योग व्यवसाय महासंघले स्थानीय तह निर्वाचन केन्द्रीत गर्दै मनायो स्थापना दिवस

काठमाण्डौ ।  नेकपा एमाले निकट राष्ट्रिय उद्योग व्यवसाय महासंघले आफ्नो स्थापना दिवसका अवसरमा देशभर विभिन्न स्थानिय तह निर्वाचन केन्द्रीत कार्यक्रम गरेर मनाएको छ । 

स्थापना दिवसका अवसरमा बोल्नुहुँदै महासंघका अध्यक्ष एलपी साँवा लिम्बुले देशमा शान्ति र स्थायीत्व कायम हुँदा उद्योग व्यवसाय गर्ने वातावरण वन्ने बताउनुभयो । 

शान्ति र स्थायीत्वका लागि स्थानिय तहबाटै सुरु गर्नुपर्ने भन्दै उहाँले आसन्न स्थानीयतहको निर्वाचनमा एजेण्डा हेरेर मतदात गर्न समेत सबैलाई अनुरोध गर्नुभयो । 

तत्कालिन नेकपा एमालेको नेतृत्वको सरकारका पालामा तराईमा शसस्त्र द्धन्द गरिरहेको सिके राउत, यसैगरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टी लगाएतलाई राजनीतिक धारमा ल्याउँदै शान्ति स्थापनाका लागि भूमिका खेलेको भन्दै अवको समयमा स्थानीय तहमा स्थायीत्व र शान्ति स्थापनाका लागि एमालेका उम्मेद्धवारलाई विजयी गराउने अभियानमा लाग्न समेत सम्वद्ध उद्योगी व्यवसायीहरुलाई अनुरोध गर्नुभयो । 

यसैगरी कार्यक्रममा महासंघका महासचिव भागिरथ सापकोटाले आसन्न स्थानीयतहको निर्वाचमा केन्द्रीत भएका कारण महासंघको स्थापना दिवस सांकेतिक रुपमा मनाएको बताउनुभयो ।

सबै पालिका, जिल्ला, प्रदेश, वस्तुगत र केन्द्र सबै स्थानमा विविध कार्यक्रम आयोजना गरेको महासचिव सापकोटाले बताउनुभयो । 

कार्यक्रममा महासंघका उपाध्यक्ष बालकृष्ण सिवाकोटी, उपाध्यक्ष सि.एन. पाण्डे, उप–महासचिव सुवर्ण श्रेष्ठ, निर्वाचन आयोग प्रमुख निरज राई, लेखा आयोग प्रमुख प्रकाश पौडेल, उद्योग व्यवसाय जिल्ला कमिटी अध्यक्ष गोविन्द घिमिरे, सविच भरत तिमल्सेना, प्रगतीशिल वैदेशीक रोजगार संघका अध्यक्ष राजेन्द्र भण्डारी, स्वास्थ्य उद्यमी संघका अध्यक्ष यज्ञ ढकाल, केन्द्रीय कार्यसमिति सदस्यहरु र अन्य सदस्यहरुको सहभागिता रहेको थियो । 

महासंघको सञ्जाल अहिले ७ प्रदेश ७७ जिल्ला, सबै पालिका, १० वटा वस्तुगत संघमा रहेको छ ।