३० कार्तिक, २०८१ शुक्रबार

08:04:04 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१५ औं दरबारमार्ग महोत्सवको सम्पूर्ण तयारी पूरा, कहिलेदेखि सुरु ?

१ बैशाख, २०७९

१५ औं दरबारमार्ग महोत्सवको सम्पूर्ण तयारी पूरा, कहिलेदेखि सुरु ?

काठमाण्डौं । नयाँ वर्ष २०७९ को अवसरमा गरिने १५ औं दरबारमार्ग महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।

काठमाण्डौंस्थित दरबारमार्गमा वैशाख ३ गते महोत्सव हुने आयोजकले जनाएको छ । महोत्सवको सम्पुर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको हो । 

कोरोना भाइरसको मारमा परेको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्धन’ भन्ने मूल नारासहित महोत्सव आयोजना हुन लागेको हो । 

महोत्सव नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसँग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना हुन लागेको हो ।

आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पु¥याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने महोत्सवको मुल उद्देश्य रहेको छ ।

आयोजकका अनुसार सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरुको प्रस्तुतिका साथ महोत्सवको औपचारिक शुुभारम्भ शनिबार बिहान ११ः४५ बजे हुनेछ ।

गीतसंगीतका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु र महोत्सव आयोजना हुने क्षेत्रमा विविध रमाइला गतिविधिसहित यो महोत्सव बेलुका ८ः१५ बजेसम्म हुनेछ । 

गायकगायिका, कलाकार तथा सांगितिक समुहहरूको प्रस्तुति, विभिन्न नेपाली खानाका परिकारहरु र स्वदेशी उत्पादनहरुको विषेश प्रदर्शन÷प्रस्तुतिका स्टलहरु, बालबालिकाका लागि छुट्टै किडस् जोन महोत्सवको विषेश आकर्षणहरु हुन् । महोत्सव स्थलमा ६० वटा स्टल रहनेछन् ।

विश्वभरी महामारीको रुपमा पैmलिएको कोभिडबाट थलिएको व्यापार व्यवसायमा अति प्रभावित क्षेत्रमा साना मझौला उद्यम तथा पर्यटन उद्योग छ ।

हाल ९० प्रतिशतबढि जनसंख्याले कोभिड विरुद्धको खोप लगाई सकेको र जनजीवन सामान्य हुँदै गएको अवस्थामा आर्थिक क्रियाकलापलाई महोत्सवले जागरुक बनाउने विश्वास गरिएको छ ।

महोत्सवको सह–प्रायोजकमा गोरखा व्रुअरी र रोयल स्ट्याग रहेका छन् ।

महोत्सवको बैकिङ पाटर्नरमा एनआईसी एसिया बैंक, इन्स्योरेन्स पाटर्नरमा नेसनल लाइफ इन्स्योरेन्स, बेभरेज पाटर्नरमा डाबर नेपाल, अन्य सहयोगी पाटर्नरमा नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका, मनकामना केबलकार, केएफसी, पिजा हट, फोन पे, एनडीज आइसक्रिम र नेपाल डेरी रहेका छन्।