३० कार्तिक, २०८१ शुक्रबार

10:35:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेतृत्व चयनदेखि व्यवसायीका मुद्धा हाम्रो प्राथमिकतामा छन्ः उपाध्यक्ष सि.एन पाण्डे

२१ चैत, २०७८

यो महाधिवेशनबाट आफूहरुले व्यवसायीहरुका हकहितका लागि काम गर्ने प्रभावशाली नेतृत्व चयन गर्ने

नेतृत्व चयनदेखि व्यवसायीका मुद्धा हाम्रो प्राथमिकतामा छन्ः उपाध्यक्ष सि.एन पाण्डे

काठमाण्डौं । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका उपाध्यक्ष सी.एन पाण्डेले महासंघको दोस्रो महाधिवेशनका सबै काम सम्पन्न भएको बताउनुभएको छ ।

यहि चैत २३ र २४ गते हुन लागेको महासंघको दोस्रो महाधिवेशनका लागि प्रतिनिधि छनौट, व्यवस्थापन लगाएतका सम्पूर्ण कार्य सम्पन्न भएको पाण्डेले बताउनुभएको हो  । 

उहाँले पालिका, क्षेत्र, जिल्ला प्रदेश, र पेशागत संघ–संस्थाको प्रतिनिधित्व हुने गरि महाधिवेशन भव्य रुपमा सम्पन्न गर्नका लागि आफुहरु अन्तिम तयारीमा जुटेको बताउनुभएको छ ।

विभिन्न प्रकृतिक विपदका कारण सुस्ताएको व्यपार व्यवसायलाई माथी उठाउन यो महाधिवेशन अर्थपूर्ण हुने उहाँले बताउनुभयो ।

‘महाधिवेशनमा हामीले उद्योग, व्यवसाय र व्यवसायीका समस्या समाधानका विषयलाई समेत प्रमुखताका साथ उठान गर्छौ उहाँले भन्नुभयो ।

उपाध्यक्ष पाण्डेले देशभरबाट उद्योगी व्यवसायी सहभागि हुँदा देशका पूर्व देखी पश्चिमसम्मका सबै समस्या समाधानका लागि आफुहरुले सुझाव संकलन गर्ने समेत बताउनुभयो ।

विभिन्न प्रकृतिक विपदका कारण सुस्ताएको व्यपार व्यवसायलाई माथी उठाउन यो महाधिवेशन अर्थपूर्ण हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘समस्या छन्, समाधान पनि छ त्यसैले हामीले यो महाधिवेशनलाई खाली नेतृत्व चयन र एउटा कार्यक्रमका रुपमा मात्र नहेरी व्यवसायीका समस्या समाधान र आगमी बाटो पहिल्याउने एउटा महत्वपूर्ण अवसरका रुपमा समेत उपयोग गर्न खोजिरहेका छौं । पर्यटन क्षेत्र कोरोनाका कारण सबैभन्दा बढि प्रभावित बनेको छ । यसलाई कसरी माथी उठाउन सकिन्छ हामी यस विषयलाई पनि महाधिवेशनबाट एउटा निचोडमा लैजाने तयारीमा छौं । सरकार, सरोकारवाला निकाय र निजी क्षेत्रको सहकार्यबाट देशको आर्थिक समृद्धि सम्भव छ, यसका लागि हामी व्यवसायी विधिसम्वत रुपमा अगाडि बढ्न तयार छौं । यी सबै विषयमा देशभरबाट सहभागि साथीहरुको सुझाव र समस्याहरुलाई समेटेर हामीले सरकारसंग लविङ गर्ने छौं ।’

देशभर रहेका व्यवसायी, नेकपा एमालेसँग सम्बन्धित आस्था, भरोसा र विचारसँग सहयात्रा गर्ने उद्योग व्यवसायीहरुको विधानले व्यवस्था गरे अनुसार पालिका, जिल्ला, प्रदेश, पेशगत  संघ–संस्थाहरुबाट, विभिन्न विभागबाट उहाँहरुको सदस्यता र प्रतिनिधिहरुका लागि केन्द्रिय कार्यालयमा सबै कुराहरु आइसकेको छ ।

यो महाधिवेशनबाट आफूहरुले व्यवसायीहरुका हकहितका लागि काम गर्ने प्रभावशाली नेतृत्व चयन गर्ने उहाँले बताउनुभयो । संगठन, पार्टी र नेतृत्वले अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारण पूरा गर्न लागि पर्ने उहाँले बताउनुभयो ।

महासंघको दोस्रो महाधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । महाधिवेशन प्रज्ञा भवनमा हुनेछ ।