७ मंसिर, २०८१ शुक्रबार
12:46:36 PM
२४ चैत, २०७८
काठमाण्डौं– नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ।
बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको कुल २६ लाख ६३ हजार ६६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो।
बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रिका लागि निवेदन दिएकाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको बैंकले जानकारी दिएको हो ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको बागबजार, काठमाडौँस्थित सेयर शाखामा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ।