१ मंसिर, २०८१ शनिबार
03:46:43 AM
२३ चैत, २०७८
विसं २०१३ सालमा स्थानीय तहमा सोल्जर बोर्ड अस्पतालका रूपमा स्थापना भएको उक्त अस्पताल ५०० शय्यामा स्तरोन्नति भएको छ ।
पोखरा,
प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अध्ययन अनुसन्धानलाई प्रवद्र्धन गरी मुलुकका लागि आवश्यक दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन आवश्यक रहेको बताउनुभएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाँचौँ सभामा उहाँले प्रतिष्ठानले गण्डकी प्रदेशका नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै सहज र सुलभरूपमा चिकित्सा शिक्षाको अध्ययन अध्यापनको अवसरसमेत प्रदान गर्दै आएको उल्लेख गर्नुभयो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाँचौँ सभामा उहाँले प्रतिष्ठानले गण्डकी प्रदेशका नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै सहज र सुलभरूपमा चिकित्सा शिक्षाको अध्ययन अध्यापनको अवसरसमेत प्रदान गर्दै आएको उल्लेख गर्नुभयो ।
विसं २०१३ सालमा स्थानीय तहमा सोल्जर बोर्ड अस्पतालका रूपमा स्थापना भएको उक्त अस्पताल ५०० शय्यामा स्तरोन्नति भएको छ ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, “प्रतिष्ठानले चिकित्सा शास्त्रमा दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानका रूपमा समेत आफूलाई उभ्याउन सकेकोमा मलाई खुसी लागेको छ ।”
गुणस्तरीय स्वास्थ्य सेवा विकासको पहिलो सर्त भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले स्वस्थ र निरोगी नागरिकबाट नै मुलुकको आर्थिक सामाजिक रूपान्तरण सम्भव रहेको बताउनुभयो ।
प्रतिष्ठानले आम जनसमुदायलाई पु¥याउँदै आएको स्वास्थ्य सेवालाई आगामी दिनमा थप स्तरीय र चुस्त बनाई अस्पतालको सेवामा बढीभन्दा बढी जनताको पहुँच विस्तार गर्न आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ बाट सङ्क्रमितहरूको परीक्षण र उपचारका लागि यस प्रतिष्ठानले पु¥याएको सेवा प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।