२० बैशाख, २०८१ बिहिबार

02:38:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दुई करोडका उपकरण जिल्ला अस्पताल पर्वतलाई हस्तान्तरण

Nepal Business

५ पुस, २०७८

दुई करोडका उपकरण जिल्ला अस्पताल पर्वतलाई हस्तान्तरण

पौष ५, काठमाण्डौ
जिल्ला अस्पताल पर्वतमा दुई करोड बराबरका स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रियअन्तरर्गत पर्वत जिल्लामा क्रियाशील आठ  लायन्स क्लब र लियो क्लबको समन्वय एंव साझेदारीमा लायन्स क्लब अन्तर्राष्ट्रिय–एलआइसिएफ कोषको विशेष आर्थिक सहयोगमा उपकरण हस्तान्तरण गरिएको हो । लायन्स क्लबको तर्फबाट नेपालमा सबैभन्दा ठूलो सहयोग पर्वतअस्पताललाई गरिएको छ । 
अत्याधुनिक एक्सरे, इसिजी, भेन्टिलेटर, अप्रेशन थिएटर, आइसियु बेड लगायतका सामग्री हस्तान्तरण गरिएको हो । लायन्स क्लब अन्तर्राष्ट्रियका पूर्वअन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतान तथा सांसद पदम गिरीबाट सामग्री हस्तान्तरण गरिएको हो ।