१ मंसिर, २०८१ शनिबार
05:18:13 AM
२१ चैत, २०७८
निर्यात बढाउने, वैदेशिक रोजगार, शैक्षिक परामर्श, निर्यात व्यवसाय, हस्तकला, नेपाली उत्पादन कसरी वृद्धि गर्न सकिन्छ भन्ने लगायतका मुद्दामा छलफल हुने
काठमाण्डौं । यहि चैत २३ र २४ गते हुन गइरहेको नेपाल उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशनको तयारी जोडदार रुपमा अगाडि बढिरहेको छ । महासंघका सचिव सुर्वण श्रेष्ठले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
उहाँका अनुसार महाधिवेशनकै लागि सातै प्रदेशका प्रतिनिधिहरु भोलीसम्म (मंगलबार) काठमाण्डौं पुग्नुहुन्छ । सचिव श्रेष्ठले महाधिवशनको पहिलो दिन खुल्ला शत्र र दास्रो दिन बन्दशत्र हुने बताउनुभयो ।
महाधिवेशनमा साना, मझौला तथा ठूला व्यवसायी सबैको सहभागिता रहनेछ । कोभिडपछि सम्पूर्ण व्यवसायी धरासायी अवस्थामा रहेकाले यसलाई कसरी माथी उठाउन सकिन्छ भन्नेमा मुद्दा महाधिवेशन केन्द्रित रहने उहाँले बताउनुभयो ।
यसै महाधिवेशनले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । महासंघको नेतृत्व सर्वसम्मत चयन हुने समेत उहाँले बताउनुभयो । ‘अहिले हामी संगठन निर्माणका क्रममा छौँ’, उहाँले भन्नुभयो, ‘संगठन निर्माणकै चरणमा रहेकाले हामी सर्वसम्मत आफ्नो नेतृत्व चुन्न सफल हुने मलाई विश्वास छ ।’
महाधिवेशनमा साना, मझौला तथा ठूला व्यवसायी सबैको सहभागिता रहनेछ । कोभिडपछि सम्पूर्ण व्यवसायी धरासायी अवस्थामा रहेकाले यसलाई कसरी माथी उठाउन सकिन्छ भन्नेमा मुद्दा महाधिवेशन केन्द्रित रहने उहाँले बताउनुभयो ।
यसका साथै निर्यात बढाउने, वैदेशिक रोजगार, शैक्षिक परामर्श, निर्यात व्यवसाय, हस्तकला, नेपाली उत्पादन कसरी वृद्धि गर्न सकिन्छ भन्ने लगायतका मुद्दामा छलफल हुने उहाँले बताउनुभयो ।
कोभिडका कारणले थला परेको व्यवसायलाई माथी उकास्न आफूहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ । यसका लागि सातै प्रदेशका प्रतिनिधिहरु महाधिवेशनमा सहभागि हुनुपर्ने र आफ्ना समस्या, विषय तथा एजेण्डाहरु राख्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो , हामी नेपाली उत्पादनलाई बढाव दिने विषयमा छलफल गर्छौ । यसैगरी निर्यात कसरी बढाउन सकिन्छ भन्ने विषयपनि हाम्रो प्रथमिकतामा रहेको छ । यसैगरी वैदेशिक रोजगार व्यवसाय र शैक्षिक परामर्श व्यवसायमा देखिएका समस्याहरुलाई पनि निराकण गर्नुपर्ने छ । यस्ता विषयलाई हामीहरुले प्राथमिकताका साथ उठान गर्ने तयारी गरेका छौं ।
यस संगठलाई अझ सशक्त बनाउन सबै व्यवसायीहरुले साथ दिनुपर्ने र महाधिवेशन सफल बनाउन उपस्थित हुनुपर्ने पनि उहाँले बताउनुभयो ।