६ मंसिर, २०८१ बिहिबार
05:51:40 PM
२१ चैत, २०७८
काठमाण्डौं । फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीको छात्रवृत्तिको लागि आवेदन खुल्ला गरिएको छ । यसमा एफ १ र जे १ भिसामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले पनि आवेदन दिन पाउनेछन् ।
युनिभर्सिटीले स्प्रिङ्ग र फल सेसनको लागि यो छात्रवृत्ति प्रदान गर्न लागेको हो । र यसमा स्टडी ग्रुपमार्फत यस युनिभर्सिटीमा भर्ना गरेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्नेछन् ।
फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीको प्रेजिडेन्ट इन्टर्न्यासनल स्टुडेन्ट छात्रवृत्तिमा कस्ता विद्यार्थी योग्य हुन्छन ?
यो स्कलरशिप पाउनको लागि विद्यार्थीहरुले कक्षा सुरु हुने पहिलो दिन अगाडि नै डिग्री सिकिङ स्टुडेन्टको रुपमा आवेदन दिएर हाई स्कुल डिप्लोमा अथवा सो सरह प्राप्त गर्नुपर्ने हुन्छ । यस छात्रवृत्तिको कुल रकम ६००० डलर प्रति वर्ष रहेको छ र (अधिकतम २४००० डलर र ट्रान्स्फर अप्लिकान्टहरुको लागि अधिकतम १२००० डलर) रहेको छ ।
छनोटको लागि न्युनतम आवश्यकता
विद्यार्थीहरूले मे १ सम्ममा आवेदन दिइसकेको हुनुपर्नेछ । यसका लागि न्यूनतम GPA M 3=5 ( 4=0 U=S= ग्रेडिङ स्केलमा) र SAT वा ACT स्कोर पेश गर्नुपर्नेछ ।
द देपान इन्टरन्यासनल छात्रवृत्ति ८००० डलर
विद्यार्थी वा स्कलर भिसामा भएको नयाँँ विद्यार्थीले ८ सेमेस्टरको लागि प्रति वर्ष २००० डलर पाउनेछन्। फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीमा भर्ना हुनको लागि उत्कृष्ट शैक्षिक पृष्ठभुमि, ३.० जिपिए र अंग्रेजीमा दक्खल आवश्यक पर्छ । साथै सामुदायिक सेवामा आवद्ध भएको प्रमाण वा हाइ स्कुलको कार्यक्रमहरुमा संलग्न भएको प्रमाण पनि आवश्यक पर्छ ।
स्टडी ग्रुपका क्षेत्रीय निर्देशक श्रीनी बन्दाराले भन्नुभयो, ‘नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिने उद्धेश्यले हामीले अग्रणी शिक्षा प्रदायकको रुपमा युके, युरोप, नर्थ अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्डका विश्व–विद्यालयहरुसँग सहकार्य गर्दै आएका छौँ । नेपाली विद्यार्थीहरुलाई यो स्कलरशिपले आफ्नो पढाई अगाडि बढाउन र राम्रो काम भेट्टाउन धेरै सहयोग गर्छ । र विद्यार्थीहरुलाई सहयोग गर्ने कुरामा फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीले आफ्नो छुट्टै परिचय बनाएको छ ।’
फ्लोरिडा एट्लान्टिक युनिभर्सिटी विद्यार्थी केन्द्रित पब्लिक रिसर्च युनिभर्सिटी हो । यस युनिभर्सिटीमा अन्डर ग्राजुएट र पोस्ट ग्राजुएट गरेर १७० भन्दा बढी डिग्री कार्यक्रमहरु उपलब्ध छन्।