२० बैशाख, २०८१ बिहिबार

04:42:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बाँकेले रगतको अभावमा कमि ल्यायो

Nepal Business

४ पुस, २०७८

रेडक्रस बाँकेका प्राविधिक अधिकृत उपेन्द्र रेग्मीले जिल्लाका विभिन्न सामाजिक तथा पेशागत संस्थालाई आग्रह गरेपछि रक्तदाताको सङ्ख्या बढेकाले अहिले अभाव पनि टरेको हो । उहाँका अनुसार केन्द्रले सङ्कलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा बाँकी व्यक्तिगत स्वयम्सेवकको रहेको छ । रेडक्रसको नेपालगञ्जस्थित रक्तसञ्चार केन्द्र र कोहलपुर रक्तसञ्चार केन्द्रले आवश्यक पर्ने बिरामीका लागि दैनिक सरदर ८० पिन्ट रगत उपलव्ध गराउदै आएको छ ।


काठमाण्डौं, पुस ४
बाँकेमा केही समयअघि रगतको अभाव  रहेको थियो । आजभोली रेडक्रसले आह्वान गरेपछि रक्तदाता स्वयम्सेवकको सङ्ख्या दिन प्रतिदिन बढ्दै जाँदा रगतको अभाव टरेको छ ।

रेडक्रस बाँकेका प्राविधिक अधिकृत उपेन्द्र रेग्मीले जिल्लाका विभिन्न सामाजिक तथा पेशागत संस्थालाई आग्रह गरेपछि रक्तदाताको सङ्ख्या बढेकाले अहिले अभाव पनि टरेको हो ।  उहाँका अनुसार केन्द्रले सङ्कलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा बाँकी व्यक्तिगत स्वयम्सेवकको रहेको छ । रेडक्रसको नेपालगञ्जस्थित रक्तसञ्चार केन्द्र र कोहलपुर रक्तसञ्चार केन्द्रले आवश्यक पर्ने बिरामीका लागि दैनिक सरदर ८० पिन्ट रगत उपलव्ध गराउदै आएको छ ।
 रगतको अभावमा कुनै पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ स्वयम्सेवकको सङ्ख्या अझ वृद्धि गर्न रेडक्रसले प्रचारमुखी अभियान पनि सञ्चालन गर्दै आएको छ । जिल्लामा रक्त सङ्कलनमा बढोत्तरी भएपछि रगतको अभावमा बिरामीका आफन्त भौतारिनुपर्ने र बिरामीको अकालमा ज्यान जाने अवस्थाको समेत अन्त्य भएको जनाइएको छ । 

स्वयम्सेवक रक्तदाताका साथै जिल्लाका राजनीतिक दलका कार्यकर्ता, विभिन्न सामाजिक तथा पेशागत सङ्घ, सङ्गठनले समय–समयमा गर्ने रक्तदानले रगतको अभाव हुननदिन ठूलो सहयोग पु¥याएका छन् ।