२१ बैशाख, २०८१ शुक्रबार

06:13:22 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पेट्रोल अभाव हुनसक्ने त्रासले सवारी साधनको भीड

१९ चैत, २०७८

अहिले नेपाली सेना, पुलिस र सशस्त्रका पम्पमा सवारी साधनको लाइन लागेको छ।

पेट्रोल अभाव हुनसक्ने त्रासले सवारी साधनको भीड

काठमाण्डौं । निजी पेट्रोल पम्पले पेट्रोलियम पदार्थ वितरण बन्द गरेपछि सरकारी तथा सहकारी पेट्रोल पम्पमा सवारीसाधनको भीड बढेको छ। भोली पर्सीबाट पेट्रोल अभाव हुनसक्ने भन्दै मोटरसाइकल तथा साना सवारी चालक पेट्रोल पम्पमा लाइन लाग्न थालेका हुन्।

नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी देशभर बन्द गरेपछि पम्पमा सर्वसाधारणको लाम लागेको हो। अहिले नेपाली सेना, पुलिस र सशस्त्रका पम्पमा सवारी साधनको लाइन लागेको छ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले समस्या समाधानका लागि वार्ता भए पनि सफल हुन नसकेको बताउनुभएको छ। निजी पेट्रोल पम्पले बुझाएको ६ बुँदे मागका विषयमा निगमले वार्ता गरे पनि निष्कर्षमा पुग्न नसकेको उहाँको भनाइ छ।

निजी कप्पनीले बुझाएको ज्ञापन–पत्रका विषयमा छलफल जारी छ।तर निष्कर्ष निस्किएको छैन।निजी पम्पबाट वितरण बन्द हुँदा यो समस्या देखिएको उपाध्यायले बताउनु भयो । 

नियमले निजी कम्पनीलाई पेट्रोलियम पदार्थको वितरण नरोक्न माग गरिरहेको उपाध्यायको भनाइ छ। इन्डियन आयल कर्पोरेसनले शुक्रबार निगमलाई पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य घटे पनि एलपी ग्यास, डिजेल, मट्टितेललगायतको मूल्य बढेको छ।

ग्यास मट्टीतेलमा भएको मूल्यवृद्धिका कारण निगमको घाटा पनि चुलिएको छ।