१ मंसिर, २०८१ शनिबार

07:43:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुर्खेत उवासंघको निर्वाचन तत्काल रोक्न अल्पकालीन आदेश, कारण सदस्यता विवाद

Nepal Business

१८ चैत, २०७८

अदालतले अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई यही चैत २४ गते बोलाएको छ ।

सुर्खेत उवासंघको निर्वाचन तत्काल रोक्न अल्पकालीन आदेश, कारण सदस्यता विवाद

सुर्खेत, 
उच्च अदालत सुर्खेतले सुर्खेत उद्योग वाणिज्य सङ्घको निर्वाचन प्रक्रिया तत्काललाई स्थगित गर्न अल्पकालनि अन्तरिम आदेश दिएको छ ।

उच्च अदालतका कायममुकायम मुख्य–न्यायाधीश शेषराज सिवाकोटीको एकल इजलासले यही चैत २६ गतेका लागि तोकिएको निर्वाचन प्रक्रिया तत्काललाई स्थगित गर्न आदेश सुनाएको हो । 

उच्च अदालतका कायममुकायम मुख्य–न्यायाधीश शेषराज सिवाकोटीको एकल इजलासले यही चैत २६ गतेका लागि तोकिएको निर्वाचन प्रक्रिया तत्काललाई स्थगित गर्न आदेश सुनाएको हो । 

सदस्यता विवादका बीच निर्वाचन प्रक्रिया अघि बढाएपछि असन्तुष्ट व्यवसायीले सङ्घको कार्यालयमा तालाबन्दी गरेका थिए । सङ्घले एकपक्षीय रुपमा निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि विवाद अदालतसम्म पुगेको हो । विधानबमोजिम खारेजीमा परेका सदस्यताको नवीकरणसम्बन्धी विषयलाई लिएर गत माघदेखि सङ्घमा विवाद छ ।

सङ्घको निर्वाचन प्रक्रिया रोक्न माग गर्दै व्यवसायी सुरेन्द्रकुमार मल्लले अदालतमा रिट दायर गर्नुभएको थियो । रिटमाथि आज प्रारम्भिक सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई यही चैत २४ गते बोलाएको छ । 

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर, अधिवक्ताद्वय विद्याभूषण मानन्धर र लोकबहादुर शाहले बहस गर्नुभएको थियो । 

अदालतले विपक्षी जिल्ला प्रशासन कार्यालयलगायतलाई उच्च सरकारी वकिल कार्यालयमार्फत तथा निवेदक पक्षलाई निर्वाचन रोक्न आदेश जारी गर्नुपर्ने भए १५ दिनभित्र कारणसहित प्रमाण पेश गर्न भनेको छ ।