१० मंसिर, २०८१ सोमबार
06:45:14 AM
१८ चैत, २०७८
काठमाण्डौं । मेगा बैंक नेपालले संस्थापक सेयर बिक्रि गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको एक लाख ४९ हजार २०१ कित्ता सेयर बिक्री गर्ने भएको हो ।
बैंकले उल्लेखित सेयर खरिदका लागि सेयरधनीहरुलाई बैंकले सूचना प्रकाशित गरेको दिनदेखि ३५ दिनभित्र लिखित आवेदन पेस गर्न अनुरोध गरेको छ।
बैंकका अनुसार उक्त अवधिमा आवेदन नपनरे इच्छुक गैर संस्थापक लगानिकर्तालाई सो संस्थापक समूहतर्फको सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने छ।
नेपाल राष्ट्र बैंकको विद्यमान निर्देशिका बमोजिम बैंकले हाल कायम संस्थापक सेयरधनीहरुलाई सो सेयर बिक्री आह्वान गरेको हो।
राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक समूहतर्फको सेयर बिक्री गर्दा पहिलो प्राथमिकता कायम संस्थापक सेयरधनीहरुलाई नै दिनुपर्ने हुन्छ।