२० बैशाख, २०८१ बिहिबार

04:46:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१८९ मा कोरोना सङ्क्रमण, दुईको मृत्यु

Nepal Business

३ पुस, २०७८

१८९ मा कोरोना सङ्क्रमण, दुईको मृत्यु

काठमाडौँ, ३ पुस। देशभर पछिल्लो २४ घण्टामा थप १८९ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा सात हजार ९९७ को पीसीआर परीक्षण गरिएको थियो । 

योसँगै नेपालमा पीसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख २५ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९५ हजार ९३ पुगेको छ । पछिल्लो समय थप २५० जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख आठ हजार ६०३ पुगेको छ । 

कोरोनाबाट दुईको मृत्यु 

पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७२ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १।४ प्रतिशत छ । त्यसैगरी, पछिल्लो समय एक  लाख ११ हजार ९३८ ले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४२८ छ । रासस