२० बैशाख, २०८१ बिहिबार

05:26:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अध्यागमनको निर्णय एक दिन पनि टिकेन : किन रोकियो ओमिक्रोन फैलिएको मुलुकबाट आउँदा होटेल क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था ?

Nepal Business

३ पुस, २०७८

अध्यागमनको निर्णय एक दिन पनि टिकेन : किन रोकियो ओमिक्रोन फैलिएको मुलुकबाट आउँदा होटेल क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था ?

काठमाडौं, ३ पुस ।  कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन) फैलिएका ६७ मुलुकबाट आउका यात्रुलाई अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था हाललाई स्थगित भएको छ । अध्ययागमन विभागले आज एक सूचना जारी गरी उत्तः व्यवस्था स्थगित भएको जनाएको हो । हिजो मात्रै विभागले उक्त व्यवस्था लागु भएको सूचना जारी गरी जनाएको छ । एक दिन पनि लागू नभई किन स्थगित भयो त भन्ने जिज्ञासा उठेको छ । तर विभागका महानिर्देशक नरायण प्रसाद भट्टराईले थप छलफल गर्नुपर्नै भएकाले हालका लागि स्थगित गरिएको जानकारी दिनुभएको छ ।

अध्यागमन विभागले शुक्रबारमात्रै सूचना जारी गरी विभिन्न ६७ मुलुकबाट नेपाल आउँदा सात दिन अनिवार्य होटेल क्वारिन्टिनमा बस्नु पर्ने सूचना निकालेको थियो । तर, शनिबार अध्यागमनले आफ्नो साइटमा सूचना जारी गर्दै उक्त निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको छ । अकको केहीदिनमा सो विषयमा थप छलफल गरी निर्णइ लिइने जनाइएको छ ।