२२ बैशाख, २०८१ शनिबार

01:11:03 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एफवान सफ्ट आइसिटी अवार्ड २०२१ सम्पन्न, यी हुन् १२ विधाका विजेता

Nepal Business

२ पुस, २०७८

एफवान सफ्ट आइसिटी अवार्ड २०२१ सम्पन्न, यी हुन् १२ विधाका विजेता

पौष २, काठमाण्डौ 

छैठौं संस्करणको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आइसिटी अवार्डले नयाँ सोच र प्रविधिको विकासमा सहयोग पुर्‍याउँने बताउनुभयो । उँहाले आइसिटी क्षेत्रमा काम गर्ने युवालाई आइसिटी अवार्डले प्रोत्साहन र प्रतिभा प्रष्फुटनमा मद्दत पुर्‍याउने बताउनुभयो । सूचना प्रविधिको सही प्रयोग गर्नु अहिलेको चुनौती रहेको भन्दै प्रमुख अतिथि कार्कीले सूचना प्रविधिको विकासमा सरकारले समेत काम गरिरहेको जानकारी दिनुभयो । 


यस वर्ष अवार्डको लागि ४ सय भन्दा बढीको अनलाइन आवेदन प्राप्त भएको थियो भने ४ महिनासम्म छनौट प्रक्रिया सञ्चालन भएको थियो । यस वर्ष १२ विधामा आइसिटी अवार्ड प्रदान गरिएको छ । १२ विधा अन्तर्गत यस वर्षको ह्वावे स्टार्टअप आइसिटी अवार्ड खेती भेञ्चरलाई प्रदान गरिएको छ । त्यस्तै प्रडक्ट आइसिटी अवार्ड मिखालाई प्रदान गरिएको छ । राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड मशुरलाई प्रदान गरिएको छ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधामा विभिन्न चरणको छनोट पश्चात पब्लिक भोटिङ गरिएको थियो ।


त्यस्तै व्यक्तिलाई प्रदान गरिने आन्टरप्रेनर आइसिटी अवार्ड दिपेश प्रधानलाई, नेपाली डायस्पोरा आइसिटी अवार्ड लाई, नेपाल बैंक पायोनियर आइसिटी अवार्ड मनोहर कुमार भट्टराई र एनसेल वुमन आइकन आइसिटी अवार्ड गुण केशरी प्रधानलाई प्रदान गरिएको छ ।  
संस्थाहरूलाई प्रदान गरिने डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर) कालिका मावि बुटवललाई, डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर) ललितपुरको रातो बंगला स्कुललाई, डिजिटल सर्भिसेस (प्राइभेट सेक्टर) आइसिटी अवार्ड नेपाल क्लियरिङ हाउस लिमिटेडलाई र डिजिटल सर्भिसेस (पब्लिक सेक्टर) आइसिटी अवार्ड भूमि व्यवस्था तथा अभिलेख विभागलाई वितरण गरिएको छ । त्यस्तै पब्लिक च्वाइस आइसिटी अवार्ड बगभीलाई प्रदान गरिएको छ ।
अवार्ड वितरण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट का उपकुलपति सुनिल बाबु श्रेष्ठले आइसिटी अवार्ड पुरस्कार वितरण गर्ने थलो मात्रै नभएर सार्वजनिक निजी साझेदारीको राम्रो मोडल भएको बताउनुभयो । 
त्यस्तै कार्यक्रम बोल्दै पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले आइसिटी अवार्डले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो । 
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य पुष्प रमन वाग्लेले देशमा सुशासन कायम राख्न आइसिटीको प्रयोग गर्नुपर्ने बताउनुभयो । 
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले सरकारले गर्नुपर्ने काम निजी क्षेत्रले गरेको बताउनुभयो । अवार्डले भोलिका दिनमा इन्नोभेसनमा काम गर्न नयाँ पुस्तालाई उत्प्रेरित गर्ने सचिव अर्यालले बताउनुभयो । 
त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले जनतालाई छिटो र छरितो सेवा दिन आइसिटीको प्रयोग व्यापक गर्नुपर्ने बताउनुभयो । 
अवार्डको नाम अवार्ड बिजेता 

   ह्वावे स्टार्टअप आइसिटी अवार्ड– खेती भेञ्चर
   प्रडक्ट आइसिटी अवार्ड– मिखा
   राइजिङ स्टार आइसिटी अवार्ड – मशुर
   डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर)– रातो बंगला स्कुल
   डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिट सेक्टर)– कालिका माध्यामिक विद्यालय
   नेपाल बैंक पायोनियर आइसिटी अवार्ड– मनोहर कुमार भट्टराई
   आन्टरप्रेनर आइसिटी अवार्ड– दिपेश प्रधान
   नेपाली डायस्पोरा आइसिटी अवार्ड–प्रशन्न ढुंगले
   वुमन आइकन आइसिटी अवार्ड– गुण केशरी प्रधान
   डिजिटल सर्भिसेस आइसिटी अवार्ड (प्राइभेट सेक्टर)– नेपाल क्लियरि हाउस लिमिटेड
   डिजिटल सर्भिसेस आइसिटी अवार्ड (पब्लिक सेक्टर)– भूमि व्यवस्था तथा अभिलेख विभाग
   पब्लिक च्वाइस आइसिटी अवार्ड– बगभी