७ मंसिर, २०८१ शुक्रबार

01:01:56 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

साँढे ९ करोडमा चितवनको रत्ननगरमा मातृशिशु अस्पताल बन्ने

Nepal Business

१४ चैत, २०७८

पाँच तले सो भवन २०८० सम्म निर्माण सम्पन्न गरेर अस्पताल सञ्चालन गर्ने योजना रहेको छ

साँढे ९ करोडमा चितवनको रत्ननगरमा मातृशिशु अस्पताल बन्ने

नेपाल विजनेश समाचारदाता,
चितवन,

चितवनको रत्ननगरमा मातृशिशु अस्पताल निर्माण गर्न लागिएको छ ।

आमा र बच्चाको सुरक्षाको लागि रत्ननगर अस्पतालको परिसरमा निर्माण गर्न लागिएको अबस्पताल भवनको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले सोमबार शिलान्यास गर्नुभयो ।

आमा र बच्चाको सुरक्षाको लागि रत्ननगर अस्पतालको परिसरमा निर्माण गर्न लागिएको अबस्पताल भवनको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले सोमबार शिलान्यास गर्नुभयो ।

प्रदेश सरकार र रत्ननगर नगरपालिकाको सयुक्त लगानीमा अस्पतालको भवन निर्माण हुनेछ । रत्ननगर अस्पतालको परिसरमा ९ करोड ५८ लाखको लगानी अस्पतालको भवन निर्माण गर्न लागिएको हो । 

गर्भवती महिला र उनीबाट जन्मिएको बच्चाको सुरक्षाको लागि छुट्टै अस्पतालको रुपमा मातृशिशु अस्पताल सञ्चालन गर्न लागिएको मेयर नारायण वनले बताउनुभयो । 

पाँच तले सो भवन २०८० सम्म निर्माण सम्पन्न गरेर अस्पताल सञ्चालन गर्ने योजना रहेको छ । अस्पतालमा आमा र बच्चाको लागि आइसीयु, सुत्केरी कक्ष, जनरल वार्ड तथा विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान गरिने छ ।

विर अस्पतालमा ब्लक छ्ट्याएर आमा र बच्चाको उपचार गरिदै आएको भए पनि आमा र बच्चाको मात्र उपचार हुने नेपाल मै यो पहिलो अस्पताल हुने दावी गरिएको छ । अस्पताल १०० बेडको हुने छ । 

सो अबस्पतालमा चितवनसहित देशभरीबाट आउने गर्भवती महिला र शिशुको उपचार हुने छ । अस्पताल सञ्चालन भएपछि गर्भवती गराउन भरतपुर जानु पर्ने बाध्यताको अन्त्य हुने छ । 

नगरपालिकाकी उपमेयर विमला दुवाडीले रत्ननगरका १६ वटै वडामा स्वास्थ्यचौकी सञ्चालन,रत्ननगर अस्पतालको स्तरउन्नतीपछि मातृशिशु अस्पताल सञ्चालन गर्न लागिएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले अस्पतालको भवन निर्माणको लागि चालु आर्थिक बर्षमा प्रदेश सरकारको डेढ करोड र नगरपालिकाको डेढ करोड गरी तीन करोडको लगानीमा निर्माण सुरु गरेको जानकारी दिनुभयो । 

रत्ननगर अस्पतालका मेसु डा विश्वबन्धु बगालेले तत्कालका लागि ५० बेडको हुने सो अस्पताल त्यसको केही समयपछि १०० बेडमा सञ्चालन हुने बताए । 

रत्ननगर अस्पताल हाल ५० बेड क्षमताको रहेको छ । अस्पताल विकास समितिको तर्फबाट ५० बेड थप गरी १०० बेडको बनाउने योजना रहेको छ । 

रत्ननगर अस्पताल १०० बेड र मातृशिशु अस्पताल १०० बेड गरी २०० बेडको अञ्चल स्तरीय अस्पतालको रुपमा विकास गर्न सकिने मेसु बगालले बताउनुभयो ।