१६ बैशाख, २०८१ आइतबार

01:48:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालमा टिभिएस एनटर्क ५० हजार बिक्री, पोखरामा एन्टर्क राइड सम्पन्न

Nepal Business

१४ चैत, २०७८

नेपालमा टिभिएस एनटर्क ५० हजार बिक्री, पोखरामा एन्टर्क राइड सम्पन्न

काठमाण्डौं–टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले पोखरामा आफ्नो पहिलो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

नेपालमा टिभिएस एनटर्क ५० हजार बिक्री भएको अवसरमा राइड आयोजना गरिएको हो ।

उक्त राइड पोखराको नयाँ बजारस्थित बतास ब्रदसको टिभिएस शोरुमबाट शुरु भएर लेकसाइड, हेम्जा हुँदै नौडाँडा स्थित हिमालयन देउराली रिसोर्टसम्म पुगेको थियो । त्यहाँ सहभागिहरुबीच विभिन्न मनोरन्जनात्मक र अन्र्तक्रियात्मक कार्यक्रमहरु गरिएको थियो । 

राइडमा टिभिएस एनटर्कका ९३ जना राइडरहरु सहभागि रहेको जगदम्बा मोटर्सका स्कुटर सेगमेन्ट प्रमुख करुणा पुडासैनीले जानकारी दिनुभयो । 

टिभिएस एनटर्कका राइडरहरुबीच आत्मियता बढाउन तथा ग्राहक र कम्पनीबीचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको उहाँले बताउनुभयो । 

उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

राइडमा सहभागिहरुबीच विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो । विजेतालाई बतास व्रदर्शका सिओओ राजेश रानाभाटले पुरस्कार वितरण गरेका थिए ।

राइडमा प्रसिद्ध मोटो भ्लर्गर सुरक्षा केसी र पोखराका अरु मोटो भ्लगर्सहरुको पनि सहभागिता  रहेको थियो ।