२ जेठ, २०८१ बुधबार

01:47:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘नबिल स्किल हिरो अर्वाड’बाट ४ जना सम्मानित

१४ चैत, २०७८

‘नबिल स्किल हिरो अर्वाड’बाट ४ जना सम्मानित

काठमाण्डौ–‘स्किल वीक २०२२’ तेस्रो संस्करण समापन समारोहमा ४ जनालाई ‘नबिल स्किल हीरो अवाडे’ बाट सम्मानित गरिएको छ । 

‘नबिल स्किल हिरो अर्वाड’बाट सम्मानित हुनेमा पर्यटन र आथित्यका लागि सिद्धार्थ गु्रप अफ हस्पिटालिटीका अध्यक्ष/एमडी लक्ष्मण न्यौपाने, कला र संस्कृतिको क्षेत्रमा गरेको समर्पणका लागि किरण मानन्धर, उद्यमशिलता विधामा लक्ष्मी वुड क्राफ्ट उद्योगका संस्थापक तथा उद्यमी लक्ष्मी शर्मा र तिलगंगा आँखा संस्थानका संस्थापक र दृष्टिविज्ञ नेत्ररोग विशेषज्ञ सन्दुक रुइतलाई सम्मान गरिएको हो ।

यस्तै ‘नबिल स्किल हिरो सस्टेनेबल बैंकिङ अवार्ड’ सुयल बखरा फर्मबाट एकराज सुयललाई सम्मान गरिएको थियो ।

‘स्किल वीक’ एक हप्ते कार्यक्रम हो । जसमा विभिन्न सीपमूलक तालिमहरु लगायत सीपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरञ्जनलाई मध्यनजरमा राख्दै सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोशिस गरिएको थियो।

कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिई तिनै क्षेत्रबाट सीपमूलक रोजगारीका अवसर, बढ्दो सीपप्रतिको महत्व, व्यापार, सेवा, आधुनिक प्रविधिदेखि कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्व उजागर गर्ने लक्ष्यलिई ‘स्किल वीक’ कार्यक्रम २१ मार्च देखी २९  मार्चसम्म सन्चालन भएको थियो ।

यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्यमशिलता, पर्यटन तथा आथित्य, विज्ञान तथा प्रविधि रहेका थिए।