२० बैशाख, २०८१ बिहिबार

02:49:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैतडीमा पूर्णखोप लगाउनेको संख्या ७५ हजार भन्दा बढी

Nepal Business

२ पुस, २०७८

खोपको पहिलो मात्रा भने ८९ हजार ९ सय ८४ ले लगाएका छन् । पछिल्लो विवरण अनुसार सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा १५ हजार ४ सय २ ले पहिलो र १८ हजार ३ सय ५६ ले पूर्ण खोप लगाएका छन ।

बैतडीमा पूर्णखोप लगाउनेको संख्या ७५ हजार भन्दा बढी


काठमाण्डौं, पुस २
बैतडी जिल्लामा ७५ हजारभन्दा बढीले कोरोनाविरुद्ध पूर्णखोप लगाएका छन् । जिल्लाभरि ७५ हजार ३ सय ४५ ले पूर्णखोप लगाएको स्वास्थ्य कार्यालयका चन्दन सुवेदीले बताउनु भएको छ ।  
खोपको पहिलो मात्रा भने ८९ हजार ९ सय ८४ ले लगाएका छन् । पछिल्लो विवरण अनुसार सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा १५ हजार ४ सय २ ले पहिलो र १८ हजार ३ सय ५६ ले पूर्ण खोप लगाएका छन । 
डिलाशैनी गाउँपालिकामा १५ हजार २ सय ८३ ले पहिलो र ८ हजार ४ सय ४३ ले पूर्ण खोप लगाएका छन । पुचौंडी नगरपालिकामा ११ हजार २ सय ८१ जनाले पहिलो र ७ हजार ८ सय २१ ले पूर्ण खोप लगाएका छन । यसैगरी मेलौली नगरपालिकामा  ९ हजार १ सय ३६ ले पहिलो र ५ हजार २ सय १८ ले पूर्ण खोप लगाएका छन ।
दोगडाकेदार गाउँपालिकामा ८ हजार ९ सय ९५ ले पूर्ण खोप लगाए छन् । सिगास गाउँपालिकामा  ८ हजार ३ सय ९५ ले पहिला ३ हजार ३ सय ३७ ले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको पाटन नगरपालिकामा ६ हजार १ सय ६१ ले पहिलो र  ८ हजार ७ सय ५३ ले पूर्ण खोप लगाएका छन् ।
सुर्नया गाउँपालिकामा  ३ हजार ७ सय १८ ले पहिलो ४ हजार ९२ ले पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । पञ्चेश्वर गाउँपालिकामा  ५ हजार ९ सय ३७ ले पहिलो ६  हजार ९ सय ९५ ले पूर्ण खोप लगाएका छन् । शिवनाथ गाउँपालिकामा ५ हजार १ सय ३६ ले पहिला ३ हजार ७ सय ३५ ले पूर्ण खोप लगाएका छन् । १८ वर्षभन्दा माथि नागरिकलाई खोप लगाउने कार्य अहिले पनि जिल्लाका सबै स्थानीय तहमा खोप लगाउने कार्य जारी रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

बैतडीमा अब १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिनुभयो । यस उमेर समुहका बालबालिकालाई पुस ६ गतेदेखि मोर्डना खोप दिइने भएको छ । सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउन अनुरोध गरेको भट्टले बताउनु भयो ।