१ मंसिर, २०८१ शनिबार
12:10:45 PM
१३ चैत, २०७८
काठमाण्डौं–आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र बाह्य लगानी प्रबद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र लगानी बोर्ड नेपालबीच सम्झौता भएको छ ।
आइतबार काठमाण्डौंमा अर्थमन्त्री जनार्दन शर्माको समुपस्थितिमा महासंघका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले हस्ताक्षर गर्नुभएको हो ।
उक्त समझदारीपत्र अनुसार अब महासंघको सचिवालयमा प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सहायता कक्ष समेत स्थापना गरिने छ । सहायता कक्षको संचालनमा बोर्डका तर्फबाट प्राविधिक सहयोगका साथै सहायता कक्षको क्षमता अभिवृद्धि, सीप विकास र ज्ञानको आदानप्रदानमा सहयोग गरिनेछ ।
राष्ट्रको आवश्यकता अनुसारका लगानी परियोजनाको पहिचान, अन्तराष्ट्रि यरुपमा आफनो माध्यम मार्फत लगानीकर्ताको खोजी गर्ने कार्यमा बोर्डलाई सक्रियतापूर्वक सहयोग गर्ने महासंघले जनाएको छ ।
महासंघका अनुसार स्वदेश तथा विदेशमा लगानी सम्बन्धी रोड सोका अतिरिक्त महत्वपूर्ण गतिविधिको आयोजनामा सहयोग गर्नेछ ।
यस्तै लगानी प्रबद्र्धनका दिशामा सार्वजनिक निजी साझेदारीको अवधारणाभित्र रही दुबै संस्था निरन्तर सहकार्य, लगानी सम्बन्धी ज्ञान, अनुुभव एवं सूचनाको आदान–प्रदान, नीतिगत सुधारमा सहकार्य गर्ने छन् भने एफडीआई तथा लगानी प्रबद्र्धनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा आयोजना हुने सभा, सम्मेलन, प्रर्दशनी, गोष्ठी, कार्यशाला, तालिम लगायतका गतिविधिहरुको आयोजनामा महासंघले बोर्डलाई प्रत्यक्ष सहयोग पुुरयाउने छ ।
महासंघको अन्तराष्ट्रिय लगानी प्रवद्र्धन समितिले लगानी प्रवद्र्धनका लागी तयार गर्ने सवै दस्तावेजहरुमा बोर्डले पनि सहयोग गर्नेछ ।
यसैगरी दुबै संस्थाले लगानी सम्बन्धी तथ्यांक, प्रतिवेदन, संयुक्त रुपमा तयार पारिएका प्रतिवेदनहरु, बाह्य लगानी आकर्षणमा देखा परेका चुनौती तथा अवसरहरु र सार्वजनिक निजी साझेदारीमा लगानी सम्बन्धी नीति पैरवी लगायतमा सहयोग, सहकार्य, आदान प्रदान गर्नेछन् ।
महासंघले लगानीका अवसर सम्बन्धी डाइरेक्टरीको तयारीमा पनि सहयोग गर्नेछ । दुबै संस्थाले सबैै प्रकारका लगानी, परियोजना विकास लगायतमा संयुक्त रुपमा अध्ययन अनुसन्धानमा समेत सहकार्य गर्नेछन् ।