७ मंसिर, २०८१ शुक्रबार
07:44:42 AM
१३ चैत, २०७८
काठमाण्डौं–एभरेष्ट बैंक र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबीआई)बीच सम्झौता भएको छ। बैंकका अनुसार ‘अपरेसन रिस्क मेनेजमेन्ट सिस्टम’ सफ्टवेयर लिने विषयमा दुई संस्थाहरूबीच सम्झौता भएको हो।
उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गर्नुभएको हो।
सम्झौता अनुसार जसमा एनबीआईले अपरेसनल रिस्क मेनेजमेन्ट सफ्टवेयर उपलब्ध गराउनेछ।
यो सफ्टवेयरले तथ्याङ्कहरूको आन्तरिक नोक्सानीहरूको सूचना उपलब्ध गराउन मदत गर्ने साथै बैंकमा हुनसक्ने महत्वपूर्ण जोखिम सङ्केत र तिनीहरूको नियन्त्रण, विश्लेषण र व्यवस्थापन गर्न सहजीकरण गर्नेछ । यो सफ्टवेयरले बासेल–३ बमोजिमका सञ्चालन जोखिमहरूलाई नियन्त्रण गरी व्यवस्थापन गर्दछ।