२२ बैशाख, २०८१ शनिबार

02:31:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शाओमी १२ प्रोको प्रि–बुकिङ खुला, कति छ मूल्य ?

१३ चैत, २०७८

शाओमी १२ प्रोको प्रि–बुकिङ खुला, कति छ मूल्य ?

काठमाण्डौं–ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्यागशिपसिरिज शाओमी १२ सिरिजमध्ये शाओमी १२ प्रोको अग्रिम–बुकिङ खुल्ला गरेको छ।

कम्पनीका अनुसार सो फोनको अग्रिम–बुकिङ चैत्र १५ गतेसम्मलाई मात्र खुला गरिएको हो। 

अग्रिम–बुकिङमा यो फोन विशेष अफर सहित उपलब्ध छ। उपभोक्ताहरुले यो फोन किन्दा पाँच हजार रुपैयाँ तुरुन्त क्यासब्याक  पाउनुहुनेछ । यसका साथै मी नेकब्यन्दा ब्लुथूठ इयरफोन प्रो अथवा मीपोर्टेबल ब्लुटुथ स्पिकर सित्तैमा पाउन सक्नेछन् ।

शाओमी १२ प्रो बैजनी र नीलो रङमा १२ जीबी प्लस २५६ जीबीको मूल्य एक लाख १४ हजार नौ सय ९९ रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । 

१२० वाटको फास्ट चार्जिङ रहेको यो फोन १८ मिनेटमै पचार्ज हुने, १२प्रोमा एचडीआर१०प्लस र डल्बी भिजनवाला ६.७३ इन्चको एमोलेड एलटिपिओ डिस्प्ले रहेको छ ।     

यो १२जीबी प्लस २५६जीबीको स्टोरेजमा उपलब्ध छ। ८ जेन१ स्न्यापड्रयागन प्रोसेसर भएको यो फोनमा ५० एमपीको मेन क्यामेरा र ५०एमी टेलिफोटो प्लस ५० एमपी वाइड एंगलको सेकेन्डरी क्यामेरासहित ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ।

यो स्मार्टफोनको अर्को गज्जबको विशेषता भनेको यसको साइबर फोकस ट्र्याकिङ प्रणाली हो, जसले तपाईंलाई मुभिङ अब्जेक्ट्स (जस्तै गुडिरहेको गाडी) आदिको फोटो खिच्न सजिलो हुन्छ।

तीनवटै क्यामेराहरुमा नाइट मोड सेन्सरहरू उपलब्ध छ, जसले गर्दा कम प्रकाशमा पनि रातमा सुन्दर र स्पष्ट तस्बिरहरु खिच्न सकिन्छ।

सेल्फीको लागियसमा घद्द एमपिको अल्ट्रा–क्लियर सेल्फी लेन्स छ। यसमा हर्मन/कर्डोनका ४ वटा स्पिकरहरु छन्  ।